Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालको पत्रकारिता अझै सशक्त बनाउनुपर्छ : कांग्रेस नेता शाह


१, कात्तिक २०८०
  • 170
    SHARES
  • नेपालको पत्रकारिता अझै सशक्त बनाउनुपर्छ : कांग्रेस नेता शाह

    बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले नेपालको पत्रकारिता अझै शशक्त बनाउनुपर्ने बताउनुभएको छ । सरकार र मिडिया सधै प्रतिपक्षी भूमिकामा रहनुपर्ने भन्दै सरकारका गलत कामहरुको पनि समाचार बन्नुपर्ने बताउनुभयो ।

    जुनसुकै सरकारले पनि आफ्ना कमी कमजोरी ढाक्न चाहने उल्लेख गर्दै नेता शाहले मिडियाले त्यसलाइ खबरदारी गर्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको बिजया दशमी,दीपावली,छठ तथा नेपाल सम्वतको अबसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्र बलियो बनाउन पत्रकार जगत चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो । 

    नेता शाहले आजभोली समाचारमा स्वतन्त्रता नदेखिएको समेत दाबी गर्नुभयो । उहाँले सरकारको स्थिरता नभएको दाबी गर्नुभयो । हरेक क्षेत्रमा पत्रकारहरुले आफ्ना कलम सही ढंगले चलाउनु पर्नेमा जोड दिनुभयो । पत्रकारिताको दीगो विकास आवश्यक रहेको भन्दै उहाँले श्रमजीविहरु पत्रकारहरु मारमा परेको समेत बताउनुभयो । 

    सार्वजनिक लेखा समितिका पूर्व सभापति समेत रहनुभएका शाहले नेपालको अर्थतन्त्र कमजोर भएपनि तत्काल देश टाट नपल्टिने उल्लेख गर्नुभयो । प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता,सचिव कपिल ज्ञवालीको सञ्चालन र उपाध्यक्ष कल्पना तिवारीको स्वागतमा कार्यक्रम भएको थियो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend