Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शान्ति प्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन


१६, कात्तिक २०८०
  • 130
    SHARES
  • शान्ति प्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सङ्क्रमणकालीन विधेयक संसदको कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट पारित हुने बताउनुभयो ।

    आफूले नेतृत्व गर्दा राम्रो तर अरुले नेतृत्व गर्दा नराम्रो जस्तो गरी दृष्टिकोण आउने गरेको उल्लेख गर्दै यस्तो विषय राष्ट्रिय प्राथमिकतामा पर्न जरुरी रहेको बताउनुभयो । “हामी आफूमा विश्वास गर्दैनौँ । भाग्यवादमा विश्वास गर्छौँ, तर तथ्यमा, विज्ञान प्रविधिले के भन्छ भन्नेमा ध्यान दिएर कर्ममा विश्वास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “मिलन र सद्भावको संस्कृतिलाई काम बनाउनुपर्छ । अल्पसङ्ख्यकको संस्कृतिलाई पनि मानेर जानुपर्छ । बहुलतालाई स्वीकार गरेर जानुपर्ने जरुरी छ ।”

    सदनको कार्यकालको समीक्षा गर्दा संसद्ले केही प्रयत्न गरेको उल्लेख गर्दै उहाँले यस अवधिमा कानुन निर्माणको क्रममा मिटरब्याजसम्बन्धी महत्वपूर्ण कानुन बनाएको अवगत गराउनुभयो । समितिमा विभिन्न २२ वटा विधेयक छलफल भइरहेको बताउँदै उहाँले संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका आवश्यकपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्रीले विभिन्न मित्रराष्ट्रहरुको भ्रमण गर्नुभएको विषय सकारात्मक रहेको उल्लेख गर्दै नेता पुनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणमा आएर जलवायु परिर्वतनको असरबारे विश्वलाई जानकारी गराउनु नेपालको लागि उपलब्धि भएको बताउनुभयो ।

    अर्थतन्त्रलाई बलियो बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउँदै उहाँले सरकारले स्वतन्त्र परराष्ट्र नीतिअनुरुप काम गर्दै आएको उल्लेख गर्नुभयो । नेता पुनले संसद् अधिवेशनको यो अवधिमा प्रधानमन्त्रीले महिनाको पहिलो हप्ता जवाफ दिने महत्वपूर्ण काम भएको बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend