Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अहिलेको व्यवस्था दलहरुको व्यवहारका कारण खतरामा परेको छ : सभापति लामिछाने


१६, कात्तिक २०८०
  • 242
    SHARES
  • अहिलेको व्यवस्था दलहरुको व्यवहारका कारण खतरामा परेको छ : सभापति लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको व्यवस्था दलहरुको व्यवहारका कारण खतरामा परेको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै लामिछानेले ठूला दलहरुले संविधान, व्यवस्था र प्रणाली जोगाउन भन्दा पनि आफ्ना मान्छेहरु जोगाउन खोज्दा अहिलेको व्यवस्था खतरामा परेको बताउनुभएको हो ।

    उहाँले दलहरुले सदन समेत स्वार्थका आधारमा चलाउन खोजेको आरोप लगाउनुभयो । सरकार बनाउन हिजो दुश्मन भनिएका दलहरु बिनासर्त एकठाउँमा उभिएको देखिएको भन्दै लामिछानेले शान्ति प्रक्रियाको बिषयमा भने एकै ठाउँमा उभिन नसकेको जिकिर गर्नुभयो ।

    उहाँले शान्ति प्रक्रियालाई दलहरुको नियतले रोकेको भन्दै पिडितको पक्षमा रहेका शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन रास्वपाले सहयोग गर्ने बताउनुभयो । उहाँले सदनमा मन्त्रीदेखि प्रधानमन्त्रीलाई प्रश्न सोध्दा जवाफ आउन नसकेको अवस्थामा जनताको आवाज सुन्न सक्ने अवस्था नै नदेखिएको तर्क गर्नुभयो । 

    सदनको दोश्रो अधिवेशनमा ६ करोड १० लाख खर्च हुदाँ एउटा भन्दा बढि कानून पास गर्न नसकेको उहाँले बताउनुभयो । लामिछानले ठूला भनेका दलको सिण्डिकेट संसद्‍मा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न नसकेको गुनासो गर्नुभयो । सदनलाई आरोप प्रत्यारोपको थलो मात्रै बनाइएको उहाँले बताउनुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend