Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुखः प्रधानमन्त्री प्रचण्ड


१६, कात्तिक २०८०
  • 183
    SHARES
  • मुलुकको आर्थिक क्षेत्र धेरै सुधारोन्मुखः प्रधानमन्त्री प्रचण्ड

    लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । सरकारले वृहतकार्य योजनाकासाथ ल्याउने उहाँको भनाइ छ । 

    बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै सुधार भएको उल्लेख गर्नुहुँदै अर्थतन्त्रमा परेको दबाब समाधानका लागि सरकारले सम्पूर्ण शक्ति लगाइरहेको बताउनुभयो । 

    प्रधानमन्त्री दाहालले सरकारको लगातारको प्रयासले बैंक तथा वित्तीय संस्थामा कर्जाको ब्याजदर कम हुँदै गएको दाबी गर्नुभयो । “हामी ब्याजदरलाई एकल अङ्कमा नभए १० प्रतिशतभन्दा बढी नरहने गरी कायम राख्ने प्रयत्नमा छौंँ”, उहाँले भन्नुभयो, “विदेशी मुद्राको सञ्चिति बढेको छ, रेमिट्यान्स र राजस्व पनि बढेको छ । जग्गाको कित्ताकाट खुल्दा घरजग्गा कारोबार बढेको छ ।” 

    प्रधानमन्त्री दाहालले मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै उद्योगी, व्यवसायीलाई निराशा नहुन आग्रह गर्नुभयो । यसैगरी पर्यटन व्यवसायसमेत फस्टाउँदै गएको, राजस्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उहाँको भनाइ छ । 

    प्रधानमन्त्री दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको उल्लेख गर्नुहुँदै आफ्नो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ सय शय्या निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो । 

    “सरकारी, सामुदायिक र निजी अस्पतालले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा यस्ता धेरै काम अगाडि बढेका छन् जसले स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षा र सरल एवं सहज सेवा प्रवाहका निम्ति आधारभूत अर्थ राख्दछन् ।”

    प्रधानमन्त्री दाहालले निकै ठूलो मेहनत र सङ्घर्षको प्रतिफलबाट नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको बताउनुभयो । उहाँले संविधानमा गरिएको उक्त व्यवस्थामा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । 

    उहाँले रूपन्देही क्षेत्रमा मानवसेवामा समर्पित प्रतिष्ठित जापानी डाक्टर सिगेरू सुगानामी सहितका व्यक्तिको योगदानमा स्थापित आम्दा नेपालले बुटवलमा सिद्धार्थ अस्पताल तथा क्याम्पस दुवैले आमा र बालबालिकाको स्वास्थ्यमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । 

    “बालबालिका तथा महिलालाई एउटै स्थानबाट यति धेरै सुविधा प्रदान गर्नु र दुरदराजका बिरामीकोसमेत स्तरीय उपचार गर्नुले अस्पतालको भूमिका महत्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो, “एउटा च्यारिटी अस्पताल र शिक्षण संस्थाको नाताले यहाँका स्थानीय निम्न आर्थिकस्तर भएका जनताका निम्ति यो संस्था धेरै नै उपलब्धिपूर्ण रहनेछ भन्नेमा मैले विश्वास लिएको छु ।”

    लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले अस्पतालको सेवा राम्रो रहेको बताउनुभयो । उहाँले अस्पतालको काम र सेवा प्रवाह पवित्र उद्देश्यका साथ पारदर्शी रूपमा हुनुपर्नेमा जोड दिनुभयो ।

    नेता गिरीले रुपन्देही जिल्लामा सञ्चालित विकास आयोजना निर्माणमा ढिलाइ हुँदा यहाँका नागरिकले समस्या भोग्नुपरिरहेको बताउदै बुटवल–सुनौली ६ लेन बाटो १२ वर्षदेखि निर्माण पूरा हुन नसक्नु, तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने बुटवल–नारायणबाट सडक अलपत्र अवस्थामा रहनु, भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्दा कारणले यहाँको आर्थिक क्षेत्र पनि चलायमान हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

     “मुलुकका समस्या तत्काल समाधान किन गर्न सकिएको छैन यसबाट जनता दुखि छन्”, उहाँले भन्नुभयो, “जनता आत्तिएका छन्, यस्तै कारणले पनि लोकतन्त्रकाविरूद्व र हाम्रा विरूद्व भड्काउने शक्ति सक्रिय बन्न खोजेका छन् ।” लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले बाल तथा महिला अस्पताल नमुना अस्पताल, लुम्बिनी प्रदेशमा बालबालिका बचाउने अस्पतालको रूपमा स्थापित भएको र आमा तथा बाल स्वास्थका लागि परिचित रहेको बताउनुभयो ।

    आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आफू बुद्ध धर्मालम्बी भएको र बुद्धका बिचारबाट प्रभावित भएको बताउनुभयो । उहाँले गएराति सपनामा बुद्धलाई देखेको र बुटवलमा स्थापना गरिन लागेको मेडिकल कलेज निर्माणमा नेपालका प्रधानमन्त्रीले खुलेर सहयोग गर्ने बताउनुभएको भन्दै प्रधानमन्त्रीलाई सुनाउनुभएको थियो । 

    उहाँले आम्दा नेपाल जस्तो संस्था आफ्नो जेठो छोरा जस्तै भएको बताउँदै यहाँ मेडिकल कलेज निर्माण गरेर यसबाट उत्पादिन जनशक्तिले विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend