Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छाडातन्त्रलाई नियन्त्रण गर्न राजतन्त्र आवश्यक : अध्यक्ष थापा


१८, कात्तिक २०८०
  • 169
    SHARES
  • छाडातन्त्रलाई नियन्त्रण गर्न राजतन्त्र आवश्यक : अध्यक्ष थापा

    बाँके । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश अभिभावक विहिन भएको बताउनुभएको छ । शनिवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देश अभिभावक विहिन भएकाले देशमा छाडातन्त्रलाई नियन्त्रण गर्न राजतन्त्रको खाँचो भएको बताउनुभयो । 

    राजतन्त्रलाई अभिभावक र मोरलको रुपमा स्थापना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रिय संकटलाई समाधान गर्न देशमा राजतन्त्र अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो । देशमा राजतन्त्र कायम गरियो भने छाडातन्त्र, मनपरितन्त्र, विकृति, विसंगति हटाउन सकिने बताउनुभयो । 

    देशमा सनातन हिन्दु धर्म पनि अति आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले जनतामा अहिलेको मुलुकको आवश्यकताका बारेमा जानकारी दिन पार्टीले देशका बिभिन्न भागहरुमा सभाको आयोजना गर्ने बताउनुभयो ।

    थापाले माघ र फाल्गुनमा मेची महाकाली यात्राका माध्यमबाट जनतामा जागरुप तुल्याउने कार्यक्रम राखिएको र फाल्गुन महिनादेखि आन्दोलन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । 

    उहाँले विदेशीको दबाव र प्रभावमा निहित राजनीतिक स्वार्थको लागि बहुसंख्यक जनताको पहिचानलाई समाप्त पार्न खोजे देशमा द्वन्द्व सृजना हुने जिकिर गर्नुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend