Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उद्धार, राहत र पुनःनिर्माणका लागि कांग्रेसका सुझाव


२१, कात्तिक २०८०
  • 157
    SHARES
  • उद्धार, राहत र पुनःनिर्माणका लागि कांग्रेसका सुझाव

    काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई भूकम्पपश्चात् राहत, पुनःस्थापना र पुनःनिर्माणलाई थप व्यवस्थित बनाउन सुझाव दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पदाधिकारीसहितको कांग्रेस प्रतिनिधिमण्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि तत्कालीन र अल्पकालीन उपाय अपनाउन सुझाव दिएको हो ।

    पार्टीले  भूकम्पलगत्तै सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसासमेत गरेको छ । जाजरकोट केन्द्र बनाई गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो जनधनको क्षति भएको छ । तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनःनिर्माणका काम नौ बुँदामा सरकारलाई सुझाव दिइएको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री दाहाललाई सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रचार विभाग प्रमुख विश्वकर्मा र योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेलसहित बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।

    राहत, उद्धार र पुनःस्थापनाको कार्यमा एकद्वार प्रणालीमार्फत प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर सङ्घीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने  पनि सुझाउनाका साथै   कांग्रेसले भूकम्पपीडितलाई राहतस्वरुप यसअघि घोषणा गरेको रु ५० लाखको चेक पनि हस्तान्तरण गरेको थियो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend