Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सामाजिक सञ्जालका विकृति नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


२१, कात्तिक २०८०
  • 349
    SHARES
  • सामाजिक सञ्जालका विकृति नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ । राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मंगलबार बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठकले सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण र नियमन गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

    प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नै सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले सामाजिक सञ्जालको छाडापन नियमन र नियन्त्रण सरकारले किन नगरेको भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गर्नुभएको थियो ।

    यसैगरी एमाले अध्यक्ष ओलीले भने सामाजिक सञ्जालमा पारिवारिक जीवन समाप्त पार्ने लगायतका गतिविधि भइरहेको बताउनुभएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले भने यी विषयमा राजनीतिक दलहरूको धारणा के हो भनेर नै छलफल बोलाएको बताउनुभएको थियो ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी बैठकमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले वाक स्वतन्त्रतालाई आँच नआउने गरी सरकारले कदम चाल्नुपर्ने बताउनुभएको थियो ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतादेखि सर्वसाधारणले सेलिब्रेटी बन्न खोज्दा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको धारणा राख्नुभएको थियो ।

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा भइरहेका गतिविधि नियमन र नियन्त्रण गर्नका लागि राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको थियो ।

    सामाजिक सञ्जालका कतिपय असामाजिक क्रियाकलाप नियन्त्रणका लागि मातहतका निकायलाई निर्देशन दिइसकेको पनि प्रधानमन्त्रीले बैठकमा जानकारी दिनुभएको थियो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend