Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीलाई कांग्रेसको ११ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र


२५, कात्तिक २०८०
  • 234
    SHARES
  • प्रधानमन्त्रीलाई कांग्रेसको ११ बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयले अस्थायी आवास निर्माणमा ध्यान दिनुपर्ने लगाएतका ११ बुँदे सुझावसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।

    जाजरकोटबाट फर्के लगतै शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चिसो बढ्दै गएको अवस्थामा त्यहाको जनजिवन थप कष्टकर हुन सक्ने भन्दै तिहारको बीचमा मंसिर मशान्तभित्र अस्थायी आवास निर्माणको काम सक्न आग्रहसहितको ध्यानाकर्षण बुझाउनुभएको हो ।

    अस्थायी आवास युद्धस्तरमा निर्माण गर्न सरकारले तुरुन्त प्रत्येक प्रभावित परिवारलाई न्युनतम ४० हजारका दरले रकम उपलब्ध गराउने निर्णय गर्न र तिहार लगत्तै सम्बन्धित परिवारको हातमा पुग्ने बन्दोबस्त मिलाउन आग्रह गरिएको महामन्त्री थापाले जानकारी दिनुभयो ।

    त्यस्तै सरकारको अभियानमा पीडित र सरकारको साथमा रहेको र पहिलो चरणमा १ हजार अस्थायी आवास स्वयंसेवि दक्ष जनशक्तिका साथ निर्माणका लागि श्रमदान गर्ने जानकारी गराएको उहाँले बताउनुभयो ।

    भूकम्प प्रभावित क्षेत्रमा आफ्नो रुचिको आकारमा निर्माण गर्न चाहनेका लागि बैंकिङ प्रक्रिया मार्फत सफ्ट लोनको सहजीकरण गर्ने निर्णय सरकारले गर्नुपर्ने समेत आग्रह गरिएको थापाले बताउनुभयो । उहाँले सांसद विकास कोष कार्यक्रमका लागि गत बजेटमा सरकारले छुट्याएको ८ अर्ब बढिको रकम तुरुन्त परिचालन गर्ने निर्णय गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

    त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भूकम्पपछिको उद्धारको काममा सरकारले निकै राम्रो काम गरेपनि राहतको काममा भएको कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफहरु भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत र पुनस्थापनाका कामका बारेमा जानकारीका साथै सहकार्य गर्न जाजरकोट पुगेको बताउनुभयो ।

    कांग्रेसका महामन्त्रीद्वयले भूकम्पबाट दर्जनौं स्वास्थ्य संस्थामा क्षति पुगेको अवस्थामा बिरामीले सहज उपचार पाउने वातावरण निर्माण गर्न खोप, पोषण, प्रसुती सेवा लगायतका नियमित स्वास्थ्य सेवा प्रवाहका लागि विज्ञसंगको समन्वयमा छुट्टै र बिशेष संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिएका छन । 

     

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend