Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : मन्त्री शर्मा


१, मंसिर २०८०
  • 168
    SHARES
  • मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो :  मन्त्री शर्मा
    दाङ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउनुभएको छ । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को  निरीक्षण गर्दै उहाँले ‘खोसेर खाए पेट भरिन्न, बाडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई आत्मसात् गरेर आश्रमको व्यवस्थापन गरिएको बताउनुभयो ।
     
    सडकमा रहेका मानसिकरुपमा विक्षिप्त मानिसलाई स्याहार गरेर परिवारसँग पुनर्मिलन गराउने कार्य सबैभन्दा ठूलो धर्म भएको मन्त्री शर्माले जनाउनुभयो । बेवारिस मानवलाई संरक्षण गरेकामा संस्थालाई धन्यवाद दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न र सहयोगको लागि थप योजना तयार गर्न संस्थाका पदाधिकारीलाई आग्रह गर्नुभयो ।  
     
    सेवा घरमा आश्रय लिइरहेकाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, खाना र लगाउने कपडाको आवश्यकता पर्ने जनाउँदै मन्त्री शर्माले सरकारको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । “अन्य स्थानमा रहेका सेवा घरले कसरी काम गरेका छन्, त्यसबारे अध्ययन÷अवलोकन गरी सेवा घरलाई थप व्यवस्थित बनाउन आवश्यक खाका तयार गर्नुहोस्”, उहाँले भन्नुभयो । 
     
    सेवाघरका संस्थापक सचिव विजयकुमार पोखरेलले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सेवा घरमा अहिले ३८ बाबुआमा र चार छोराछोरी गरी ४२ जना रहेको जानकारी दिनुभयो । जिल्लामा सडकबाट एक सय ६० भन्दा बढीलाई उद्धार गरिएको र सयभन्दा बढीलाई घरपरिवारमा पुनर्मिलन गराइएको उहाँले बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend