Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नेता महर


३, मंसिर २०८०
  • 183
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

    विश्व शौचालय दिवसको अवसरमा सामाजिक सञ्जालमा धारणा राख्दै नेता महरले अहिलेसम्म सरकारले अपेक्षित रूपमा काम गर्न नसक्दा आमनागरिक कठ्यंग्रिएर मर्नु पर्ने अवस्था आइरहेको टिप्पणी गर्दै यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्न नहुने बताउनुभयो।

    दिगो विकास लक्ष्य ६ को उद्देश्य सबैका लागि पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्नु हो। विशेष गरी अझै पनि ६.२ प्रतिशत नागरिक खुला स्थानमा दिसा गर्न बाध्य रहेको र दिगो विकास ६ को उद्देश्य त्यसलाई अन्त्य गर्दै सरसफाइ र स्वच्छतामा पहुँच प्रदान गर्ने हो, नेता महरले भन्नुभयो। 

    सरकार सबै जनताको अभिभावक भएको बताउँदै उहाँले जाजरकोट, रुकुम पश्चिम, बझाङलगायतका क्षेत्रमा गएको भूकम्पका कारण जनताले ठूलो सास्ती खेप्नु परिरहेकोमा त्यहाँ सरकारको उपस्थिति न्यून देखिएको टिप्पणी गर्नुभयो।

    सात जनाले चिसोका कारण ज्यान गुमाएका समाचार आइरहेका छन्। यस्तो अवस्थामा सरकार गम्भीर बन्नुपर्थ्यो। त्यो हुन सकेन। कांग्रेस पनि मूकदर्शक बन्नु हुँदैन’, उहाँले भन्नुभयो ।

    भूकम्प पीडितले चिसोमा कठ्याङ्ग्रिएर रात गुजार्नु परिरहेको अवस्थामा जनताका टहरा निर्माणमा कांग्रेसले केन्द्रीय रणनीति बनाएर अगाडि बढ्नुपर्नेमा महरले धारणा राख्नुभएको छ ।

    कांग्रेसले केन्द्रीय रणनीति बनाएर भूकम्प प्रभावित क्षेत्रमा पुनर्स्थापनामा लाग्नुपर्छ। त्यहाँ लामो समयसम्म बसेर श्रमदान गर्नुपर्छ। अब कांग्रेसले जाग्नुपर्ने बेला भएको छ,’ उहाँले भन्नुभयो ।

    यसका साथै त्यहाँका जनता भूकम्पका कारण शौचालय विहीन हुँदा सरसफाइको समस्यासमेत खेप्न बाध्य रहेको उहाँले बताउनुभएको छ । विश्व शौचालय दिवस मनाइरहेका वेला भूकम्प प्रभावित क्षेत्रमा भने शौचालयको अवस्था नाजुक छ।

    एकातिर प्राय शौचालय भत्किएका छन् भने अर्कोतर्फ त्रिपाल र अस्थायी टहरामा शौचालयको उचित प्रबन्ध नभएर वातावरण दूषित बन्दै गएकोले भयावह अवस्था आउन सक्ने जोखिम छ। यसतर्फ सरकार सचेत हुनुपर्छ,उहाँले भन्नुभयो ।

    असोज १६ गते बझाङमा गएको भूकम्प र त्यसपछिका पराकम्पले चर्किएका संरचनाहरू तथा कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो संख्यामा मानिस प्रभावित भएकाले उनीहरूको उचित प्रबन्ध नै अहिलेको प्रमुख आवश्यकता भएको महरको भनाइ छ।

    जाजरकोट र रुकुम पश्चिममा १५४ जनाले ज्यान गुमाए। ३६२ जना घाइते भए। कर्णालीका सात जिल्लामा क्षति पुगेको सरकारी तथ्याङ्क देखाएको छ। करिव ४३ हजार २१४ घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ।

    त्यस्तै ३५५ वटा विद्यालयमा क्षति पुगेको छ। सरकारी तथा अन्य कार्यलयका भवनको अवस्था पनि नाजुक छ। बुझ्नुपर्ने कुरा के छ भने भवनसँगै शोचालय पनि भत्किँएरका छन्। सुरुवातमै खानेपानी, दिसा-पिसाव गर्ने व्यवस्थापन गर्न नसक्दा रोगहरू फैलिरहेको जोखिम छ।

    यो सुरुमै ध्यान दिनुपर्ने विषय हो महर भन्नुहुन्छ। विश्वव्यापी सरसफाइ सङ्कट समाधान गर्ने कार्यलाई प्रेरित गर्न २०१२ देखि  १९ नोभेम्बरमा अन्तर्राष्ट्रिय विश्व शौचालय दिवस मनाउँदै आएको छ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend