Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युवा जनशक्तिसँगै देशको ढुकुटी पनि बाहिरियो : प्रधानमन्त्री दाहाल


५, मंसिर २०८०
  • 185
    SHARES
  • युवा जनशक्तिसँगै देशको ढुकुटी पनि बाहिरियो : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थीहरुको विदेश पलायन देशको समस्याको रुपमा देखा परिरहेको बताउनुभएको छ ।

    आज (मंगलबार) ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ को उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले विद्यार्थी पलायनबाट युवा जनशक्तिसँगै देशको ढुकुटी पनि बाहिरिरहेको बताउनुभएको हो। उहाँले विद्यार्थीहरुको विदेश पलायन रोक्न शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाउन आवस्यक रहेको बताउनुभयो ।

    विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरुमा अध्ययन गर्न प्रोत्साहन गर्ने र विदेशी विद्यार्थीलाई पनि नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकिएको खण्डमा मात्रै देशको पैसा बाहिरिने समस्याको अन्त्य भएर विदेशी मुद्रा भित्रिने बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले उक्त कुरा आजको भोलि पूरा गर्न सम्भव नभएपनि दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्न आवस्यक रहेको बताउनुभयो ।

    देशको समग्र शिक्षा प्रणालीलाई सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउने सवाल आजको सरोकारको विषय भएको उहाँले बताउनुभयो। उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेशिने परिस्थितिले शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ भन्ने कुरा पुष्टि गरेको उहाँको भनाई छ ।

    शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्ने कुरालाई सरकारले बुझेको उहाँको दाबी छ । विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालयहरु खाली हुँदै जाने डरलाग्दो स्थितिलाई छिटै सम्बोधन गरी पलायनलाई राक्नु आजको सबैभन्दा ठूलो चुनौती भएको उहाँले बताउनुभयो।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend