Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कानूनको अभावमा जनताका मौलिक हक अधिकार स्थापित हुन सकेनन : सभापति देउवा


५, मंसिर २०८०
  • 341
    SHARES
  • कानूनको अभावमा जनताका मौलिक हक अधिकार स्थापित हुन सकेनन : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कानूनको अभावमा जनताको मौलिक हक अधिकार पूर्ण रुपमा स्थापीत हुन नसकेको बताउनुभएको छ ।

    नेपाल ड्रेमोक्रटिक लयर्स एशोसिएशन (डिएलए नेपाल)को ३४ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा नागरिकको हक अधिकारको कुरा राखिएपनि कानूनको अभावमा उक्त हक अधिकार पूर्ण रुपमा स्थापीत हुन नसकेको बताउनुभएको हो ।

    उहाँले संविधानमा उल्लेख नागरिकको हक अधिकार स्थापीत गर्नका लागि आवश्यक कानून बनाउन सवै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

    देउवाले अहिलेको व्यवस्थामाथि केहिले प्रश्न गर्न थालेको भन्दै सवै मिलेर यसको उचित जवाफ दिनुपर्ने जिकिर गर्नुभयो । संविधानको रक्षा र परिवर्तनका साथै व्यवस्थामाथिको भ्रम चिर्न वकिलहरुले पनि आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

    सभापति देउवाले समयमा नै फैसला नहुने सर्वोच्चको अवस्थालाई अन्त्य गरि छिटो छरितो फैसला हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन र विधिको शासन स्थापीत गर्न स्वच्छ निष्पक्ष न्यायापालिका आवश्यक हुने बताउनुभयो । कार्यक्रममा डिएलए नेपाल आवद्ध वकिलहरुलाई सम्मान गरिएको थियो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend