Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्छ : अध्यक्ष ओली


६, मंसिर २०८०
  • 132
    SHARES
  • उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्छ : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताउनुभएको छ ।

    बुधबार पार्टी कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको कमजोरीका कारण प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको भन्दै उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरकार छाड्नुपर्ने बताउनुभएको हो ।

    ओलीले सरकारका कारण देश संकटमा परेकाले देश बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता आफूले देखेको जिकिर गर्नुभयो । देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उहाँले आवश्यक परे जनताले सडकाबाटै निर्णय लिन सक्ने चेतावनी दिनुभयो । उहाँले पछिल्लो अढाई बर्षमा मुलुकको स्वाधिनता अपहेलित अपमानित र तिरस्कृत भइरहेको भन्दै यो राष्ट्रका लागि शोभनिय र सम्मानजनक नभएको बताउनुभयो ।

    अहिले राष्ट्रहित नभई सत्ता स्वार्थलाई प्राथमिकतामा राख्दा मुलुक संकटको अवस्थामा पुगेको उहाले बताउनुभयोत्यस्तै ओलीले वामपन्थी एकता गर्दा पार्टी फुट्ने भएकाले व्यवहारिक रुपमा सम्भव हुन नसक्ने बताउनुभयो । वामपन्थी शक्तिको एकता पपुलिष्ट कुरा भएकाले यस्ता कुरा नगर्न उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले एमालेको नीति र संगठनलाई स्वीकार गरेर मात्र एकता गर्न सकिने तर दुई वटा अध्यक्ष राखेर एकता हुन नसक्ने जिकिर गर्नुभयो ।

    अध्यक्ष ओलीले महिलाहरूमाथि दुव्र्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको जानकारी पाएको बताउनुभयो । उहाले बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिसलाई चिर्न र खण्डन गर्न पार्टी पङ्तीलाई निर्देशन समेत दिनुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend