Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गणतन्त्रको बिकल्प पुरानो व्यवस्था हुन सक्दैन : नेता बस्नेत


७, मंसिर २०८०
  • 129
    SHARES
  • गणतन्त्रको बिकल्प पुरानो व्यवस्था हुन सक्दैन : नेता बस्नेत

    काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफुहरुको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताउनुभएको छ ।

    युवा संघले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले अहिले बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चूनौति खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसको बिरुद्ध आफुहरुको आन्दोलन केन्द्रीत रहेको बताउनुभएको हो ।

    उहाँले गणतन्त्रको बिकल्प पुरानो व्यवस्था हुन नसक्ने स्पष्ट पार्नुभयो । कथित राजतन्त्रबादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाईजस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खाजेको उहाँको भनाइ छ । त्यस्तै बस्नेतले राजनीतिक आग्रहका आधारमा सरकारले काम गर्न खोज्ला भ्रष्टाचार अन्त्य हुन नसकेको र सुशासन कायम हुन नसकेको बताउनुभयो ।

    उहाँले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गर्दै बलियो बनाउदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । गणतन्त्रीक व्यवस्थामाथि आक्रमण हुँदा सवै भन्दा पहिला एमाले आक्रामक हुने उहाँले बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend