Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परम्परागत मेलाले आर्थिक,सांस्कृतिक र राजनीतिक महत्त्व बोकेको हुन्छ : सांसद घर्ती


८, मंसिर २०८०
  • 318
    SHARES
  • परम्परागत मेलाले आर्थिक,सांस्कृतिक र राजनीतिक महत्त्व बोकेको हुन्छ : सांसद घर्ती

    रोल्पा।रुकुम पूर्वका प्रतिनिधि सभाका सांसद पूर्ण घर्ती मगरले परम्परा मेलाले आर्थिक,सांस्कृतिक र राजनीतिक महत्त्व बोकेको बताउनु भएको छ।परम्परागत राक्सेबाङ मेला जलजला युवा क्लबको १७ औं वार्षिकोत्सबको अवसरमा आयोजित सहित स्मृति खेलकुद महोत्सव तथा बृहत कृषि प्रदर्शनी-२०८० लाई परिवर्तन गाउँपालिका-४ पाछाबाङ्को राक्सेबाङ्मा उद्घाटन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

    नेकपा माओवादी केन्द्रको तीन महिने अभियानको रोल्पा जिल्ला इन्चार्ज समेत रहेका घर्तीले यो समय सबै कामहरु सकाएर जमघट हुने पर्वको रूपमा परम्परा मेला लाग्ने गरेको समेत बताउनुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थान भएको र हामी दोस्रो कार्यकालमा रहेको बताउदै अहिले आम नागरिकमा जुन जोगी आएपनी काँनै चिरिएको भन्न थालेको बताउनुभयो।

    आम नागरिकले विकास समृद्धि,रोजगारी खोजेको बताउदै तत्कालै त्यो सम्भव नभए र नेपालमा उद्योग कलकारखानाहरुको स्थापना हुन नसक्नु दु:खद पक्ष भएको बताउदै अहिले नेपालका युवाहरु युरोप,खाडी मुलुक तिर जाने गरेको समेत बताउनुभयो।अहिले पछिल्लो समय अमेरिका जाने युवाहरुको संख्या पनि तीब्र रहेको र घर जग्गा बन्दकी राखेर पचास साठी लाख तिरेर जाने गरेको समेत बताउनुभयो।

    अबको आफूहरूको लक्ष्य समाजवाद उन्मुख खोजेको जिकिर गर्दै अबको कृषि प्रणालीमा परम्परागत कृषि प्रणाली भन्दा पनि आधुनिकीकरण र यान्त्रिकरणको माध्यमबाट मात्र सम्भव भएको बताउनुभयो।अहिले समाजमा यो भएन त्यो भएन भन्ने गुनासो हुन थालेको स्वभाविक भएको बताउनुभयो।हिजो काठमाडौमा दुर्गा प्रसाईं जस्ता र युवा संघ नेपाल एकैदिन कार्यक्रम गर्नु उचित नभएको बताउनुभयो।

    हिजोको राजतन्त्रलाई फ्याकेको जिकिर गर्दै फेरि नेपालमा राजतन्त्र ल्याउने केही शक्तिहरु ह्याबी भएको र त्यो सम्भव नभएको बताउनुभयो।हिजोको १० बर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन लगायतबाट उपलब्ध भएको संघीयतालाई असफल बनाउने चलखेल भएको बताउदै त्यसको लागि सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend