रोल्पा।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सिले आज हाम्रो कम्युनिष्ट पार्टीको खुशीको दिन भएको बताउनु भएको छ।नेपाल कम्युनिष्ट पार्टीको १० औं पूनर्गठन दिवस अवसरमा आयोजित जनसभा कार्यक्रमलाई शुक्रबार थबाङ्मा सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो।आज हाम्रो कम्युनिष्ट पार्टीको खुशीको दिन हो,विप्लवले भन्नुभयो।हामी हाम्रो देशको देशबासीलाई खुशी दिन चाहन्छौं तर देशका दलालहरुले हाम्रो खुट्टा तानिरहेका छन।यस्ता चोर भ्रष्टहरुको विरुद्धमा हामी अगाडि बढ्नुपर्छ।
हामि कसैको गुलाम होईन अब हामीलाई साथ दिनुहोस हामी र हाम्रो पार्टी तपाईंहरुको साथमा छ,उहाँले भन्नुभयो।देशका युवा युवतीको भविष्य हामी बनाउछौ अब तपाईं हामी एक भएर यो देशको मुहार परिवर्तन गर्नु छ।हाम्रो पार्टी जनयुद्धको रक्षा गर्ने पार्टी हो,कम्युनिष्ट भनेको कसैले केही दिदैमा आफ्नो स्वार्थका लागि गर्नु हुदैन हो हाम्रो देशमा अहिले यस्तै भयको छ भारत र अमेरिको डलरमा विकेर आफ्नो देश बर्बाद बनाएका छन हो।यी सम्पूर्ण कुराहरुको अब अन्त्य गर्नुपर्ने पालो आएको छ ।
त्यस कारण पनि हामी अब ब्युझिने बेला भएको छ।अबको ०८४ सालको चुनावमा रविको पार्टी आउने र माओवादि सकिन्छ अमेरिका र भारतले देश लान्छ तर रवि आउदैन।अवको अवस्था भनेको वैज्ञानिक समाजवादको व्यवस्था आवस्यकता छ त्यसकारण पनि एक पटक नेकपाले नेतृत्व गर्नुपर्छ,उहाँले भन्नुभयो।
