Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अराजक समूहले उत्तेजनाको राजनीति गर्न खोजे: महामन्त्री थापा


१०, मंसिर २०८०
  • 143
    SHARES
  • अराजक समूहले उत्तेजनाको राजनीति गर्न खोजे: महामन्त्री थापा

    गुल्मी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजाले मौका छोपेर सत्तामा जान्छु भन्ने सपना नदेख्न आग्रह गर्नुभयो ।महामन्त्री थापाले नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उदघाटन कार्यक्रममा बोल्दै राजाहरुको बदनियतका कारण नै नेपालको राजसंस्थालाई जनताले समाप्त गरिदिएको बिचार ब्यक्त गर्नुभयो ।

    मूर्ति बेच्नेहरुले धर्मको रक्षा गर्न नसक्ने भन्दै महामन्त्री थापाले जुवाको च्याँखे खालमा गएर दाउ नहान्न र जुवा खेल्ने नै भए सिधै खालमा आएर कांग्रेससँग भिड्न राजालाई चुनौती दिनुभयो ।

    उहाँले काँग्रेसको नेतृत्वमा आएको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा संविधान नै फेर्ने गरी अहिले टिकाटिप्पीहरु आएको भन्दै अब अर्को संविधानको नाममा युग खेर जाने गरि जनतालाई दुख दिने अधिकार नेपालका कुनै दल र नेतालाई नभएको बताउनु भयो ।

    ठूलो बलिदानका कारण ल्याइएको संविधानको विकल्प खोज्नेतिर लागेमा फेरि अर्को युग नै खेर जाने भएकाले त्यसतर्फ काँग्रेस कार्यकर्ता सचेत भएर अघि बढ्न आग्रह गर्नुभयो रहेको ।

    ‘हो सरकार सञ्चालनमा कमजोरी भएको छ, निर्वाचन प्राणलीमा कमजोरी भएको छ, प्रादेशीक सञ्चालनमा कमजोरी भएको छ, यस्तो कमजोरी भयो भन्दैमा संविधान नै फेर्नुपर्ने ?’ उनले प्रश्न गर्दै भने कमजोरी छन्, संविधान भित्र भएका कुराहरु सच्याउनुपर्छ, प्रदेश चलाउन नसक्ने, अनि व्यवस्था परिवर्तनका कुरा गर्ने यस्तो हुँदैन, संविधान सच्याएर जान सकिन्छ ।’ बच्चा रोयो भनेर बच्चालाई सम्झाउने की बच्चा सहितको बाकस लगेर फालिदिने ? काँग्रेसका साथीहरुले अब सोच्न जरुरी रहेको महामन्त्री थापाको भनाई छ । 

    गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा ल्याइएको शान्ति प्रक्रिया र शुसिल कोइरालाको नेतृत्वमा निर्माण भएको संवैधानिक व्यवस्थाप्रति गर्व रहेको थापाले बताउनुभयो । 

    महामन्त्री थापाले भन्नुभयो ‘ काँग्रेसले ल्याएको संवैधानिक व्यवस्थाको अभ्यास गर्दै गर्दा केही अनुभब हरु भएका छन्, त्यहाँ भएका केही कुराहरु सच्याउन सकिन्छ, हामी सच्याएर जान्छौं, यही संविधान भित्र विकल्प खोज्छौं तर अर्को संविधानको नाममा युग फाल्न हामीले दिदैनौं ।’ 

    महामन्त्री थापाले मुर्ति चोर्नेले हाम्रो धर्म जोगाईदिन्छ भन्दै भ्रममा परेकाहरुलाई काँग्रेसले भ्रममुक्त गराउनु पर्ने खाँचो औँल्याउनु भयो । उहाँले राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा धेरै विकास भएको तथ्यांकहरु प्रस्तुत गर्दै अराजक समूहले चेतनाको सट्टामा उत्तेजनाको राजनीति गर्न खोजेको दावी गर्नुभयो । 

    महामन्त्री थापाले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउन नपाइने, तर गणतन्त्रमा गणतन्त्र र नेताकै बारेमा खरो आलोचना गर्न पाइने भएकाले नै गणतन्त्र धेरै उत्तम भएको तर्क गर्नुभयो । उँहाले काँग्रेस भित्र जिम्मेवारी र अवसरका लागि आफूभन्दा माथी हेर्ने प्रबृत्ति रहेकोले अबदेखि त्यसलाई उल्ट्याएर तल हेर्ने पद्धति बसाल्नु पर्नेमा जोड दिनुभयो । 

    महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो । नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा काँग्रेस पार्टी अगाडि बढेको उहाँको तर्क छ । “नेपाली काँग्रेसले सङ्कल्प गर्नुपर्छ । काँग्रेस हामी बदल्छौँ । बदलिएको काँग्रेसले नेपाललाई थप बलियो बनाउने हो ।

    असन्तुष्टि छ,जायज कारण छन् । केही समूह र पात्रको असन्तुष्टिलाई समेटेर जसका निम्ति बनेको पार्टी नेपाली काँग्रेस गलत हो भनेर लागेका छन् । आम मानिस र पीडामा परेका मानिस ती होइनन् । जसको बारेमा चिन्ता गर्नुपर्नेछ त्यसको बारेमा चिन्तन गर्नुपर्नेछ ।’ उहाँले सरकारमा बसेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै काँग्रेसले नै अग्रसरता दिनुपर्ने बताउनुभयो ।

    थापाले ‘१७ सालमा राजा महेन्द्रले बीपीलाई रोक नलगाएको भए अहिले पनि संवैधानिक राजा रहने थिए । हामीले काम किन गर्न सकेनौँ भनेर लाग्नुको सट्टा व्यवस्था परिवर्तन गर्न खोजिरहेका छौँ । हाम्रो जग मजबुद छ । घरमा समस्या छ भने झ्याल वा धुरी फेर्न सकिन्छ ।’

    कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले अहिले अवस्था फेर्नेभन्दा पनि नेतृत्व फेर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले व्यवस्थामा दोष नभएको र यही व्यवस्थामा मात्रै सुधारको विकल्प हुने भएकाले सुधारतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।   

    केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा अर्का केन्द्रीय सदस्य चन्द्र केसी, काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, प्रदेश उपसभापति भुुवनप्रसाद श्रेष्ठ लगायतले नेपाली जनताको लामो इतिहास र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र जोगाउन काँग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    काँग्रेस जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्व, सचिव भगतसिं खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    दुइ दिन सम्म संचालन हुने सम्मेलनको बन्द सत्र आइतबार बिहान ९.०० बजेदेखि चल्ने पार्टी सचिव जगदीश भट्टराईले जानकारी दिनुभयो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend