रोल्पा।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले रोल्पाको डाँडाकाँडाहरु १० बर्षे जनयुद्धको रगत पसिनाले भिजेको बताउनुभएको छ।नेकपा पश्चिम् रोल्पाले आयोजना गरेको चियापान तथा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई परिवर्तन गाउँपालिका-३ बागमारामा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।
हिजो देखि नेपाली कांग्रेस र नेकपा एमाले पार्टीसँग सहकार्य गर्दै यो अवस्था सम्म आएको बताउदै देशको रक्षा र समृद्धिको लागि कांग्रेस र कम्युनिष्ट नभनी सबै नेपाली एक ठाउँमा उभिनु पर्ने बताउनुभयो।रोल्पा नेपालमा मात्र परिचित नभएर अन्तर्राष्ट्रिय रूपमा पनि परिचित भएको बताउनुभयो।रोल्पा राजनीतिक हिसाबले चर्चित जिल्ला भएको बताउनुभयो।अहिले विकास नभएको होइन गाउँमा सडक पुगेको छ,खानेपानी,विद्युत,सञ्चारको विकास भएको छ तर नेपालमा रोजगार,कृषि,अर्थतन्त्रको विकास नहुनु दुख पक्ष भएको छ।
नेपालमा कृषि उत्पादन करिब १४ करोड मानवलाई खाद्यान्न पुर्याउन सक्ने जमिन भएपनि अहिले धेरै जमिनहरु बाझो हुनु नेपालकै लागि दुख पक्ष भएको बताउनुभयो।अहिले नेपाली युवाहरुले अरुको देशमा ज्यान गुमाउनेको संख्या १० हजार पुगेको छ,यो नेपाली कांग्रेस,नेकपा एमालेको मात्र दोष नभएर नेपालकै ठुलो दोष भएको बताउदै हिजोको दस बर्षे जनयुद्धको समयमा १७ हजारको ज्यान गएको थियो।तर आज ६स७ बर्षमा युरोप खाडी मुलुक लगायतको देशमा करिब १० हजारले ज्यान गुमाउनु धेरै भएको बताउनुभयो।
नेपालमा अहिले अस्थिर अवस्था रहेको बताउदै देशमा ठूलो बिस्फोट हुन्छ कि भन्ने चिन्ताको विषय भएको बताए।नेपालमा अमेरिकाले एमसीसी परियोजना लिएर उसको देशको सेना राख्ने रणनीति भएको र त्यसको लागि भारत र चिनले पनि चासो बढाएको छ, उहाँले भन्नुभयो।आफूहरूले एमसीसी खारेज गर्नुपर्छ भनेर अमेरिकालाई आफ्नो पार्टीले पत्र समेत लेखेको बताउनुभयो।नेपाललाई कसैको भूमि हुन नदिने र यदि कसैले त्यो चेष्टा गर्छ भने त्यो नेपाली जनताको लागि स्वीकार्य नहुने बताउनुभयो।
हिजो १० बर्षे जनयुद्धको समयमा भएका सहित परिवार,घाइते अपाङ्ग र बेपत्ता परिवारको उद्देश्य पुरा नहुँदै पुष्पकमल दाहाल(प्रचण्ड) र डाक्टर बाबुराम भट्टराईलाई तत्काल शान्तिप्रक्रियामा जानू हुँदैन हामी गलत बाटोमा जादैछौँ भनेको उतिबेला नमानेको समेत स्मरण गर्नुभयो।हामीले त्यतिबेला के भनेका थियौं भने जनताका धेरै उद्देश्यहरु छन,इच्छा चाहना छन ती सबै धरापमा पर्छन् भनेको थियौं।त्यो समयमा तत्काल नेकपा माओवादी केन्द्र शान्तिप्रक्रियामा सहभागी भएर सबै नेपाली जनताका उद्देश्य चकनाचुर भएको थियो,उहाँले भन्नुभयो।
तत्काल मन मिल्ने कम्युनिष्ट एक हुनुपर्छ भनेर समाजवादी मोर्चा गठन भएको र नेकपा माओवादी केन्द्रसँग केही समयपछी सहकार्य हुने जिकिर समेत गर्नुभयो। जनताको लागि काम गर्ने,भष्ट्रचारको अन्त्य गर्ने गरी ईमानदार कार्यकर्तासँग एकता हुने दाबी गर्दै,हिजोको जुन किसिमको गल्ती गर्नुभयो त्यो गलतीलाई स्वीकार गरेर माओवादीहरु एक ठाउँमा हुनुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभयो।नेपाली कांग्रेसलाई पनि स्पष्ट समाजवादको धारणा मागेको र आफूहरूको अबको उद्देश्य समाजवादको दिशामा जानुपर्छ,उहाँले भन्नुभयो।