Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक : महामन्त्री थापा


११, मंसिर २०८०
  • 171
    SHARES
  • स्वास्थ्य बीमा प्रभावकारी कार्यान्वयनका लागि सङ्कल्प आवश्यक : महामन्त्री थापा
    काठमाडौँ । सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो । 
     
    उहाँले संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गराउनका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइए पनि सफल हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री तथा उच्च तहमा स्वास्थ्य बीमाबारे छलफल नहुँदा अलपत्र परेको उहाँको भनाइ छ । 
     
    हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको थियो । “स्वास्थ्य बीमा राजनीतिक कुरा हो । राजनीतिक दलको नेताले मेरो नागरिकलाई संविधानमा लेखेअनुसार स्वास्थ्य सेवा पुर्‍याउँछु भन्नुपर्दछ”, उहाँले भन्नुभयो, “तर प्रधानमन्त्री तथा हाम्रा राजनीतिक दलका नेताबीच स्वास्थ्य बीमाका बारेमा छलफल भएको मलाई थाहा छैन । त्यसैले स्वास्थ्य बीमा अलपत्र परेको छ ।” स्वास्थ्य बीमासम्बन्धी कानुनलाई आवश्यक संशोधन गर्दै लगेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।   
     
    सांसद प्रकाश पन्थले स्वास्थ्य बीमा कार्यान्वयन गर्नसके संविधानअनुसार नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य सेवा र प्रणालीमा सुधारको खाँचो रहेको उल्लेख गर्दै सामाजिक सुरक्षाका नाममा पैसा गइरहेकाले एकद्वारमार्फत स्वास्थ्यमा खर्च गर्नुपर्ने बताउनुभयो । 
     
    कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेर नै बजेट बनाएको बताउनुभयो । उहाँले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र बीमालाई व्यवस्थित गर्ने कुरामा गृहकार्य भइरहेको बताउनुभयो । 
     
    स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले संविधानले सुनिश्चित गरेअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपचार गराउन नसकेको बताउनुभयो । उहाँले जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो । 
     
    “नागरिकलाई आधारभूत स्वास्थ्य सेवा व्यवस्थित गर्न उपलब्ध गराउन नसकेका कारणले र गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेनौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम सफल हुन सकेन ।”

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend