Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अस्थीरताको भूमरीमा नेपाललाई फसाउॅदा त्यसको छालले भारतलाई पनि लपेट्न सक्छ: डा. भट्टराई


१२, मंसिर २०८०
  • 138
    SHARES
  • अस्थीरताको भूमरीमा  नेपाललाई फसाउॅदा त्यसको छालले भारतलाई पनि लपेट्न सक्छ: डा. भट्टराई

    बुटवल । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अस्थीरताको भूमरीमा नेपाललाई फसाउॅदा त्यसको छालले भारतलाई पनि लपेट्न सक्ने तर्क गरेका छन ।

    उनले सामाजिक सञ्जाल टुइटरमा लेख्दै यस्तो आशंका व्यक्त गरेका हुन।

    उनले भनेका छन- भारतीय मिडियाद्वारा नेपालबारे प्रसारित यो अत्यन्त खतरनाक,दुराशयपूर्ण, प्रतिगमनकारी धार्मिक कट्टरपन्थ र मृत राजतन्त्र पुनर्स्थापनाको दुस्वप्न !

    नेपाललाई धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले पछाडि धकेलेर प्रतिक्रान्तिकारी अस्थीरताको भूमरीमा फसाउॅदा त्यसको छालले खुला सीमानाले जोडिएको छिमेकी भारतलाई पनि लपेट्न सक्छ भन्ने वेलैमा हेक्का रहोस्! लोकतान्त्रिक स्थीरता सहितको स्वतन्त्र र समृद्ध नेपाल नै भारतको जायज सुरक्षा चासोको वास्तविक सहयोगी बन्न सक्छ तर राजतन्त्रात्मक धार्मिक कट्टरपन्थले अवस्यम्भावी रूपमा निम्त्याउने द्वन्दग्रस्त र अस्थीर नेपालले विश्व महाशक्ति बन्दै गरेको उत्तरी छिमेकी चीनलाई समेत प्रकारान्तरले हिमाल वारी तानेर भारतीय सुरक्षा चासोमा झन् खतरा उत्पन्न गर्नसक्छ।

    माओवादी क्रान्तिकारी जनयुद्ध अग्रगामी वैज्ञानिक विचारद्वारा निर्देशित र स्वदेशी पहल र नेतृत्वमा संचालित भएकाले नै त्यसको शान्तिपूर्ण रूपान्तरण सम्भव र सहज भएको थियो । तर अहिलेको बाहिरबाट षड्यन्त्रमूलक ढंगले थोपर्न खोजिएको धार्मिक कट्टरपन्थ र राजतन्त्र पुनर्स्थापनाको एजेण्डाले देशभक्त नेपालीहरूको प्रतिरोध संघर्षलाई राष्ट्रिय युद्धमा परिणत गरेर हिमाली क्षेत्रमा दीर्घकालीन द्वन्द निम्त्याउन सक्छ र त्यसको आगो भारतभरी सल्कन सक्छ। त्यसैले ‘ आ बयल् मुझे मार्’ भनेजस्तो आत्मघाती हर्कत भारतीय सत्तापक्षबाट नहोस्!

    नेपाली जनताले लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको र भारत लगायत अन्तर्राष्ट्रिय समुदायको समेत सद्भाव रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत कसैले नगरोस्। लोकतन्त्रमा हुने र देखिने सामयिक जनअसन्तुष्टी र विवाद लोकतान्त्रिक प्रक्रियाबाटै हल हुन्छ भन्ने हेक्का सबैलाई रहोस्!

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend