Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा


१२, मंसिर २०८०
  • 129
    SHARES
  • प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौँमा

    काठमाडौँ। प्रदेश सरकारले बनाएका प्रहरी ऐन कार्यान्वयनको गर्दै प्रहरी समायोजन माग गर्न सातै प्रदेशका गृहमन्त्रीहरू सरकारको ध्यानाकर्षण गराउन काठमाडौँ आएका छन् ।

    उनीहरूले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना माग राख्ने छन् ।

    दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो।

    आजै प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई भेटेर प्रहरी समायोजनको विषयमा सबै प्रदेशका गृहमन्त्री जुटेका हौं, समायोजन नहुँदा सबै प्रदेश सरकारलाई धेरै समस्या परेको छ, उहाँले भन्नुभयो।

    प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।

    प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरूको गुनासो छ ।

    यसअघि मधेस प्रदेश सरकारले प्रहरी समायोजनमा ढिला गरे आफ्नै ढङ्गले अघि बढ्ने चेतावनी दिँदै आएकोमा यस पटक सबै प्रदेशका गृहमन्त्रीहरू एकै ठाउँ उभिएर केन्द्र सरकारलाई दबाब दिन लागेका हुन् ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend