Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार रोक्न देशमा पारदर्शी संस्कृतिको बिकास हुन जरुरी छ : उपराष्ट्रपति यादव


१२, मंसिर २०८०
  • 145
    SHARES
  • भ्रष्टाचार रोक्न देशमा पारदर्शी संस्कृतिको बिकास हुन जरुरी छ : उपराष्ट्रपति यादव

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले भ्रष्टाचार रोक्न समाज र देशमा खुला एवं पारदर्शी संस्कृतिको बिकास हुन जरुरी रहेको बताउनुभएको छ ।

    भ्रष्टाचारविरुद्ध अभियानको २७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म समाज र देश अघि बढ्न नसक्ने भन्दै भ्रष्टाचार रोक्न समाज र देशमा खुला र पारदर्शी संस्कृतिको बिकास हुन जरुरी रहेको बताउनुभएको हो ।

    निजी लाभका लागि सार्वजनिक शक्तिको प्रयोग गर्दा कानूनको उलंघन हुनुका साथै सामाजिक मान्यताहरुमा पनि बिचलन आउने देखिएको उहाँको भनाइ छ । उहाँले भ्रष्टाचारले असमानता गरिबी लगाएतका संकटलाई झनै बढाउने भएकाले यो गम्भीर चिन्ताको बिषय भएको जिकिर गर्नुभयो । 

    उपराष्ट्रपति यादवले जवाफदेही संस्थाहरुले भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर भएर काम गर्नुपर्ने र जो–कोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनुपर्ने बताउनुभयो । उहाँले देशका प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी रहेको र सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक रहेको धारणा पनि राख्नुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend