Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काङ्ग्रेसको प्रदेश सम्मेलन भोलीदेखी लुम्बिनीबाट शुरु हुँदै, बुटवलबाट सभापति देउवाले उद्घाटन गर्दै


१५, मंसिर २०८०
  • 142
    SHARES
  • काङ्ग्रेसको प्रदेश सम्मेलन भोलीदेखी लुम्बिनीबाट शुरु हुँदै, बुटवलबाट सभापति देउवाले उद्घाटन गर्दै

    बुटवल । नेपाली काँग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलनको तयारी पुरा भएको छ ।

    भाेलि बुटवलको बुटवल सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोईराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, बाँकी ६ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

    प्रदेश सभापति अमरसिंह पुनले बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्नेगरी तयारी गरिएको जानकारी गराए । अनुसार प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ ।

    सम्मेलनमा १६ र १७ गते चल्नेछ । सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनीधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु, प्रदेशबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागि हुनेछन् ।

    सम्मेलनको उद्घाटनको दिन १६ गते भने पार्टीका नेता कार्यकर्ता समेत गरी ७ देखि १० हजार जनाको सहभागिता हुने छन् । आजै केन्द्रीय नेताहरू बुटवल आएका छन् ।

    भोलि उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन , सागठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् ती प्रतिवेदन माथि प्रतितिधीहरुको छलफल पछि पार्टी आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend