Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि आए :महामन्त्री विश्वप्रकाश शर्मा


१६, मंसिर २०८०
  • 212
    SHARES
  • राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि आए :महामन्त्री  विश्वप्रकाश शर्मा

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र संकटमा नरहेको प्रस्ट पारेका छन्।

    शर्माले केही समययता राजावादीहरूको प्रदर्शन भएको विषयमा संकेत गर्दै लोकतन्त्रमा मात्रै नागरिकले विरोध र समर्थन गर्न पाउने बताए।

    बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि भएको दाबी गरे।

    ‘महाराजधिराजले शासन गरेर छोड्दै गर्दा ३० प्रतिशत मात्रै घरमा पानी पुगेको थियो। मरुभूमिजस्तो मानिसको आँगनमा धारा पुग्यो। पुर्‍याउने काम हामीले नै गर्‍यौँ’, महामन्त्री शर्माले भने, ‘पञ्चायतमा २२७ मेगावाट मात्रै थियो, तर गणतन्त्रमा २ हजार ६६६ मेगावाट बिजुली उत्पादन भएको छ।’

    उनले गणतन्त्रमा कतिपय कुरा कमजोरी भए पनि जनताको जीवनमा परिवर्तन भइरहेको दाबी गरे। ‘देश बनेको छैन, केही भएन भन्नेहरू होसियार!’ महामन्त्री शर्माले भने, ‘भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो। अब कांग्रेस कार्यकर्ताहरूले हामीले बनाउने हो भन्ने अभियान चलाउनुपर्छ।’

    उनले ९ प्रतिशतको घरमा बत्ती बालेको राजाको शासनबाट अहिले ९५ प्रतिशत घरमा बजिुली पुर्‍याएको भन्दै व्यवस्थाले धेरै काम गरिरहेको बताए। सबै पार्टी खराब हो भनेर मिसन ८४ चलाएकातर्फ संकेत गर्दै महामन्त्री शर्माले कांग्रेस ८४ को पक्षमा नरहेको बताए।

    ‘मिसन ८४ भन्नेहरूलाई शुभकामना! पुराना दलका केपी ओली र नयाँ रवि लामिछानेलाई शुभकामना छ। संविधान, हिंसा अन्त्य गर्नुपर्ने केही छैन, ८४ मा हुने कुरा हो, विद्यार्थीले परीक्षाको होइन, पढाइको चिन्ता गर्नुपर्छ’, उनले भने।

    शर्माले देश बन्नुको अर्थ र मानक फरक हुने बताउँदै पोहोरपरार भन्दा सिस्टमले अगाडि बढ्यो कि बढेन, पोहोरभन्दा सरकारको क्षमता बढ्यो कि बढ्न भनेर मापन गर्नुपर्ने बताए। उनले देश नीतिले मात्रै नभई थितिले पनि बन्ने भएकाले नागरिकमा विश्वास नबढेकोमा केलाउनुपर्ने बताए।

    शर्माले राज्य र देशप्रतिको विश्वासलाई गास्ने विषयमा सम्मेलनले सन्देश दिनुपर्ने बताए। नारायणगढ-बुटवल सडकखण्डमा आफू एक महिनामा दुई पटक हिँडेको बताउँदै शर्माले पार्टी सभापति देउवा, प्रधानमन्त्री प्रचण्ड र केपी ओलीलाई यो सडकको धुलो खान भनिदिन एक जना युवाले भनेको भन्दै स्मरण गरे।

    उनले अहिले पश्चिम रुकुम गएर टहरा बनाउन र अर्थतन्त्रको विषयमा बहस गर्न युवाहरुलाई आग्रह गरे। महामन्त्री शर्माले २१ औँ शताब्दीको नेपाल र बदलिएको कांग्रेस बनाउन कार्यकर्तालाई निर्देशन दिए।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend