Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चुनाव जित्न मुद्दा बोकेर होइन काम गर्नुपर्छ : महामन्त्री थापा


१६, मंसिर २०८०
  • 134
    SHARES
  • चुनाव जित्न मुद्दा बोकेर होइन काम गर्नुपर्छ : महामन्त्री थापा

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव जित्न मुद्दा बोकेर होइन काम गर्नुपर्ने बताएका छन् ।

    बुटवलमा शुरु भएको प्रथम प्रदेश सम्मेलनको उद्घाटनमा बोल्दै पार्टीलाई सञ्चालन गर्न समीक्षा र संकल्प गर्दै गर्दा आमजनता र कार्यकर्ताहरुको भावनालाई बुझ्नुपर्ने बताए ।

    उनले पछिल्लो समय जनतामा चरम निराशा छाएको, आक्रोश र पीडा दलहरुकै कारणले भएको भन्दै कांग्रेसका सबै प्रतिनिधिलाई काम गरेर देखाउन आग्रह गरेका छन् । उनले नागरिक रिसले रन्थनिएको भन्दै देशमा अनेकौँ समस्याका खाडल रहेको भन्दै यो समस्यालाई हल गरेर देश र जनतालाई सहुलियत र सहजता ल्याउनु पर्नेमा जोड दिए ।

    तर केही दलहरुले मिसन–०८४ को नाममा सभा गर्दै आफूहरुले परिवर्तन ल्याउने भन्दै हिँडेकोले त्यो सभा र भाषणले कुनै परिवर्तन नल्याउने जनाउँदै २०८० देखि ०८४ सम्म नेपाली कांग्रेसले महत्त्वपूर्ण कामहरु गर्नुपर्ने उल्लेख गर्दै कांग्रेसलाई त्यो भन्दा अरु केही गर्न नपर्ने जनाए ।

     ०४६ सालपछिका कुनै पनि दलका नेताहरुको सम्पत्ति शुद्धीकरण गर्ने गरी संसदमा कानून बनाएरै जान दलका नेताहरु तयार हुनुपर्ने जिकिर गर्दै महामन्त्री एवं सांसद थापाले देशमा अर्थतन्त्र कमजोर हुनुको कारणलाई समाधानतर्फ लाग्नुपर्ने बताए ।

    बैंक, लघुवित्त, सहकारीबाट ऋण ल्याएर काम गरेका साना तथा ठूला उद्योगहरु आज बन्द हुन पुगेको भन्दै उनले उद्योगीहरु पीडित बन्न पुगेको स्मरण गराए । युवा जनशक्तिहरु दैनिक रुपमा विदेश पलायन हुँदै गएको भन्दै थापाले यस्तो अवस्थामा अब जनतासँग हात जोडेर भोट माग्ने होइन, छाती पिटेर भोट हाल्ने बनाउने गरी काम गर्नुपर्ने बताए ।

    उनले कांग्रेसका प्रतिनिधिहरुले काम गरेर देखाएमात्र ०८४ को चुनावमा नमस्ते गरेर हैन छाती पिटेर हामीलाई भोट नदिए कसलाई दिन्छौ त ? त भनेर मतदातालाई भन्न सक्नुपर्ने बताए । चुनाव जित्ने नाममा कुनै पनि मुद्धा बोक्यो भने त्यसले पार्टीको जित र नेताले जित्न नसक्ने जनाउँदै ०८४ मा हुने निर्वाचनमा कसैसँग गठबन्धन गर्न नहुने उनले स्पष्ट पारे । उनले निर्वाचन प्रणालीलाई सुधार्न आवश्यक रहेको बताए । उनले सबै दलका शीर्ष नेताहरुलाई बिदा गरेर युवाले नेतृत्व लिनुपर्नेमासमेत जोड दिएका छन् ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend