Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गौतमबुद्धले सिकाएको त्याग शीर्ष नेताहरुले सिक्नुपर्छ– नेता कोइराला


१६, मंसिर २०८०
  • 105
    SHARES
  • गौतमबुद्धले सिकाएको त्याग शीर्ष नेताहरुले सिक्नुपर्छ– नेता कोइराला

    बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भगवान् गौतमबुद्धले सिकाएको त्यागलाई अनुशरण गर्दै शीर्ष नेताहरुले पनि त्याग गर्न सक्नुपर्ने बताएका छन् । बुटवलमा शुरु भएको प्रथम प्रदेश सम्मेलनको उद्घाटनमा बोल्दै कोइरालाले शीर्ष नेताहरुले त्याग नगरेसम्म युवा शक्ति अगाडि आउन नसक्ने बताए ।

    उनले शीर्ष नेताहरुले त्याग गरेर सक्षम युवा नेताहरुलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए । नेता कोइरालाले देशमा भ्रष्टाचार, तस्करी बढ्दै गएकाले राजनीतिक सुधार आवश्यक रहेको आवश्यकता औँल्याए । उनले राजनीतिक दलहरुका कारण दिनप्रतिदिन देश र जनताको अवस्था चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गरे ।

    नेता कोइरालाले देशको अवस्था उकासेर जनतालाई डेलिभरी दिन कांग्रेसले प्रथम प्रदेश सम्मेलनको बन्द सत्रमा यथेष्ट नीति कार्ययोजना ल्याएर पार्टीलाई सशक्तरुपमा जनमुखी बनाएर काम गर्नुपर्ने बताए ।

    उनले स्थानीयदेखि संघीय चुनाव लड्न पार्टी एकढिक्का भएर जानुपर्ने भन्दै कुनै पार्टीसंग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहने जिकिर गर्देै बन्दसत्रमा पार्टीका नेताहरुले स्पष्ट योजनाहरु ल्याउने विश्वास व्यक्त गरे । उनले आफूले शुरुआतदेखि नै कुनै दलसँग चुनावमा गठबन्धन गर्नु हुँदैन भनेर भन्दै आएकोसमेत स्पष्ट पारे ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend