Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन आग्रह गर्दै सकियो काङ्ग्रेस लुम्बिनी प्रदेश सम्मेलन


१७, मंसिर २०८०
  • 155
    SHARES
  • तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन आग्रह गर्दै सकियो काङ्ग्रेस लुम्बिनी प्रदेश सम्मेलन

    बुटवल । नेपाली कांग्रेसले लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । बुटवलमा शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लु्म्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।

    सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले संघिय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे। ‘संघिय लोकतान्त्रीक गणतन्त्र अनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउन पर्यो । स्थानिय क्रियाशिल बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानिय समितिले गर्नुपर्छ।’ उनले भने–‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौ ।’

    प्रदेश सभापति पुनले संघिय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायनमान गराउन सम्मेलन मार्फत आग्रह गरिएको जानकारी दिए। प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ सम्मेलनमा सुझाब उठेको छ ।

    मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । संघदेखी वडा संरचनासम्म अरु पार्टी सँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए।

    मुलुकका अहिले समस्या र उत्पन्न परिस्थितीका कुरालाई सबै मिलेर एकताबद्ध गर्न सैबै पार्टी जानुपर्छ भन्ने सन्देश दिएको छ । यस्तै कांग्रेसको क्रियाशिलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि काँग्रेस लुम्बिनले आग्रह गरेको छ ।

    पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट सोतह प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखी लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ । शनिवार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो ।

    काँग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरुको पनि सहभागीता रहेको थियो । बन्द सत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष प्रकास रानाद्वारा प्रस्तुत प्रतिवेदन माथि ४ वटा समूहगत छलफल भएको थियो ।

    समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाब व्यक्त गरेका थिए । समूहगत छलफलका सुझाबहरु समूहका नेताहरुले बन्द सत्रमा पेश गरेका थिए ।

    प्राप्त सुझाबलाई समेत समेटिने गरि प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो । शनिवार केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेसन प्रतिनिधि, जिल्ला सभापतिहरु, भातृ तथा सुभेक्षुक संस्थाका प्रतिनिधि गरि ७ सय बढिको सहभागीता थियो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend