Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्वाचन अगाडि गठबन्धन नगर्ने काङ्ग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष


१८, मंसिर २०८०
  • 142
    SHARES
  • निर्वाचन अगाडि गठबन्धन नगर्ने काङ्ग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष

    बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अबदेखि निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने निर्णय गरेको छ । दुई दिनसम्म बुटवलमा चलेको लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले सो निर्णय गरेको हो ।

    लुम्बिनी प्रदेशको प्रथम सम्मेलनपछि सोमबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस लुम्बिनीका सभापति अम्मरसिंह पुनले निर्वाचन पूर्व कुनै गठबन्धन नगर्ने बताएका हुन् । 

    साथै कांग्रेस लुम्बिनी प्रदेशले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ ।

    सरकार भद्रगोल देखिएको भन्दै संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन चुस्त मन्त्रिमण्डल र विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रदेश समितिले निष्कर्ष निकालेको कांग्रेस लुम्बिनी प्रदेशका सभापत्ति पुनले बताए ।

    पार्टीका तहगत आधारमा सकारी निकायको निर्धारण, निर्देशन, नियन्त्रण र समन्वय तथा मूल्याङ्कनसम्बन्धी तहले गर्न पाउने व्यवस्था हुनुपर्ने उनले बताए । पार्टी संगठनलाई व्यवस्थित गर्न अनुशासनलाई विधिगत आधारमा चुस्त गराउने, पार्टीका सबै समिति एवं पदाधिकारीका कार्यप्रगति प्रविधिमैत्री शैलीमा उपलब्ध गर्ने/गराउने पनि सम्मेलनले निर्णय गरेको छ ।

    कोषाध्यक्ष पद निर्वाचित हुने व्यवस्था गर्ने, समानुपातिक र लाभका पदलाई व्यक्तिको जीवनकालका लागि एक पटकमात्र हुने व्यवस्था गर्ने तर, समावेशीताको आधारभूत सिद्धान्त बमोजिम हुनेगरी मात्र अवसर दिनुपर्ने, एउटै तहको कार्यसमितिमा बढीमा दुई पटक मात्र मनोनित गर्न पाउनेलगायत निर्णय कांग्रेस लुम्बिनीले जनाएको छ ।

    पार्टीमा उठेको लेबी जुन तहले उठाएको हो सोही तहमा ५० प्रतिशत उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, ७५३ वटै पालिकाका सभापति प्रदेश महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गर्न पनि प्रदेश समितिले माग गरेको छ ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend