Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एसियाली निर्वाचन–सरोकारवालाको छैठौँ सम्मेलन सुरु


२०, मंसिर २०८०
  • 128
    SHARES
  • एसियाली निर्वाचन–सरोकारवालाको छैठौँ सम्मेलन सुरु

    काठमाडौँ । एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा आजदेखि काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
     
    निर्वाचन आयोग र  ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’को आयोजनामा भएको उक्त छैठौँ सम्मेलनको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’को उद्घाटन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुभयो । उहाँले नेपालको संवैधानिक प्रावधानबमोजिम स्वायत्त निर्वाचन आयोग रहेको र यसले दुई कार्यकालका लागि तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । 

    परराष्ट्रमन्त्री साउदले  स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न आफूहरु तत्पर रहेको सुनाउनुभयो । “निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउन  र निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ ।’’

    उहाँले निर्वाचनको स्वच्छताका लागि सुरक्षा, सामाजिक न्याय, जलवायु परवर्तन, कृत्रिम बौद्धिकता, सामाजिक सञ्जाल आदि चुनौती र अवसरका रुपमा रहेकाले सम्मेलनले यी विषयमा गहन छलफल गरी निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।
         
    भारतीय निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त डा. शाहबुद्धिन याकुब क्युरासीले असल निर्वाचन प्रक्रियाले मात्रै लोकतन्त्रलाई सबल नबनाउने उल्लेख गर्दै समानुपातिक प्रतिनिधित्व र जनतालाई राज्यबाट दिइने सेवाको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणाली र निर्वाचन आयुक्तको नियुक्तिमा संसदीय सुनुवाइ हुने व्यवस्था भारतले पनि सिक्नलायक भएको बताउनुभयो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र साझा प्रतिबद्धतालाई अझ सबल बनाउन सम्मेलनले मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

    निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले दिगो लोकतन्त्रका लागि सम्मेलन कोसेढुङ्गा सावित हुने बताउनुभयो । सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील सामाजिक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । 

    सम्मेलनको मुख्य नारा ‘बिल्डिङ सस्टेनेबल डेमोक्रेसिसः एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एण्ड अपर्चुनिटिज’ रहेको छ । सम्मेलनमा नेपाललगायत अन्य मुलुकका विज्ञ व्यक्तित्वबाट सात विषयमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत तथा काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend