Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्छ : अध्यक्ष ओली


२०, मंसिर २०८०
  • 165
    SHARES
  • व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्छ : अध्यक्ष ओली

    रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताउनुभएको छ ।

    झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुग्नुभएको उहाँले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको बताउनुभयो ।

    ‘सरकारका कारण धेरै समस्या आएका छन् । देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्त्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौँ,’उहाँले भन्नुभयो, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौँ, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौँ । अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौँ ।’ देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्त्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उहाँको भनाइ छ । 

    ओलीले भन्नुभयो,‘अवस्थाले धेरै अवगतबारे छौँ, राजनीति निराशायुक्त छ, अस्थिर र अराजक भइरहेको छ, जनविश्वास घटेको छ, अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्थामा र अझ बिग्रिरहेको छ, धेरै बेथिति रोक्नु छ, यस्तो अवस्थामा हामीले यो अभियान लिएर हिँडेका छौँ ।’ अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताउनुभयो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend