Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक : मन्त्री साउद


२०, मंसिर २०८०
  • 145
    SHARES
  • निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक : मन्त्री साउद

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोग र  एसियन नेटवर्क फर फ्रि इलेक्सनको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउनका साथै निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताउनुभएको हो ।

    उहाँले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले नेपालमा स्वायत्त निर्वाचन आयोग र यसले समयसापेक्ष आफुलाई परिवर्तन गर्दै बिभिन्न निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको धारणा राख्नुभयो ।

    त्यस्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई प्रभावकारी बनाउनका लागि सवैको सुझाव आवश्यक रहेको बताउनुभयो । निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धतामा उहाँले जोड दिनुभयो । सम्मेलनमा एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न हुने आयोजकले जनाएको छ । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend