Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘सङ्घीयताले देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा


२१, मंसिर २०८०
  • 145
    SHARES
  • ‘सङ्घीयताले देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा
    दाङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आज पार्टी सङ्गठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको बताउनुभयो ।
     
    पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले सुनाउनुभयो । “भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ । निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनुहुँदैन”–उहाँले भन्नुभयो ।
     
    एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्नुहुँदै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताउनुभयो ।  

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend