Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना


२१, मंसिर २०८०
  • 161
    SHARES
  • अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना
    बागलुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको छ ।
     
    मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधनपछि अध्यक्ष ओली र उहाँकी श्रीमती राधिका शाक्यले कालिका मन्दिरमा विशेष पूजा आराधना गर्नुभएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । 
     
    पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिनुभएको थियो । अध्यक्ष ओलीसहित मन्दिर पुग्नुभएका एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतको टोलीलाई गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
     
    अध्यक्ष ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गर्नुभएको थियो ।  बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले मन्दिर परिसरमा विवाह गरिरहेका जोडीलाई बधाई दिनुभएको थियो । 
     
    राजतन्त्र फर्कँदैन : ओली
     
    एमाले अध्यक्ष ओलीले आजै पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गर्नुभयो । “जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन”, उहाँले भन्नुभयो । सो अवसरमा उहाँले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दाबी पनि गर्नुभयो ।
     
    यही मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्र निर्माणको खाका र योजना बनाउने उहाँको भनाइ थियो ।
     
    सङ्कल्प यात्रामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापासहित महासचिव शङ्कर पोखरेललगायतका नेताहरू सहभागी हुनुभएको थियो । त्यस अवसरमा एमाले केन्द्रीय सदस्य तथा सांसद पदम गिरीले पर्वतको विकास निर्माण तथा अन्य आयोजनाहरूको मागपत्र प्रस्तुत गर्नुभएको थियो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend