Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियतामाथिको सकट जोगाउन नेकपाको साँस्कृतिक अभियान


२२, मंसिर २०८०
  • 179
    SHARES
  • राष्ट्रियतामाथिको सकट जोगाउन नेकपाको साँस्कृतिक अभियान

    अनिल नेपाली,अर्घाखाँची l नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकटको सामना सांस्कृतिक परिवारले अर्घाखाँचीको सन्धिखर्कमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ ।सामना जनसंगित अभियान २०८० सम्पन्न गर्न कपिलबस्तु ,दाङ्ग ,प्युठान , हुँदै अर्घाखाँची आएको सामना साँस्कृतिक परिवार पश्चिम लुम्बिनी ब्युरोको एक टोलीले शुक्रबार सन्धिखर्कमा विभिन्न जनवादि गीत तथा नृत्यहरू प्रस्तुत गरेको हो ।

    सांस्कृतिक संयोजक देवराज सिंले यतिबेला राष्ट्र राष्ट्रियता ,जनतन्त्र ,जनजिविकाका सवाल संकटमा पर्दै गएको , राष्ट्रघाँती सम्झौता पास गरेर देशलाई बिदेशिको ईशारामा नेपाली जनता माथि बह्रमलुट गरी आफ्नो कर्म थलो बनाउन खोजेको भन्दै देश भर सामना सांस्कृतिक परिवारले गीतको माध्यमबाट जनता जगाउँदै हिडेको बताउनु भयो ।

    त्यसै गरि कार्यक्रममा नेकपा बिप्लबका पार्टी जिल्ला सल्लाहकार,जनयुद्धका घाइते अपांग प्रबास ले राष्ट्रीयताको बिषय सबैको साझा भएकोले सबै देशभक्तहरू राष्ट्र बचाउँन एक भएर अघि बड्नु पर्ने बताउनु भयो ।

    उहाँले गणतन्त्रको यात्रामा आईपुग्दा समेत जनताले साँचो परिवर्तनको अनुभूति गर्न नपाएको दुख ,पीडा ,निरासा बाट सर्ब साधारण जनताहरू आज पनि आक्रान्त भएको र बर्तमान राजनिति चौबाटोमा अलपत्र परेको बटुबा जस्तै देखिएको बताउनु भयो । उहाँका अनुसार यो सांस्कृतिक अभियानले पार्टीको अगुवाईमा जिल्लाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने छ ।

    received_1049507189524131.jpeg

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend