रोल्पा । लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्र कुमार पुनले असल पालिकाले असल नागरिक उत्पादन गर्ने बताउनु भएको छ।शुक्रबार परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो।
पुनले परिवर्तन गाउँपालिकाले खेलकुद क्षेत्र र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने समेत बताउनु भएको छ।हरेक क्षेत्रको विकास भए मात्र सम्पन्न भएको मान्ने गरिने गरेकोकोले खेलकुद क्षेत्रमा विकास गर्नु भनेको पनि असल काम भएको मानिन्छ- उनले भने।अहिलेको देशको परिस्थितिको स्मरण गर्दै पुनले आज देशमा अजारकता सिर्जना भएको र राजा शासन,राना शासन नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले अन्त्य गरेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताउनु भएको छ।
संविधान जारी भएको आठ बर्ष पुग्दै गर्दा अहिले राजनीतिक दलका नेता कार्यकर्ता र कर्मचारीहरु भष्ट्रचारको आरोप लागि जेलमा गएको समेत बताउनु भएको छ।अहिले संघीयता खारेजको आवाज उठिरहेको बताउदै अहिले लामो संघर्ष पश्चात् उपलब्धि भएको संघीयतालाई जोगाउनु सबै लाग्नुपर्ने समेत बताउनु भएको छ।
अहिले संघीयता नआएको भए यसरी परिवर्तन गाउँपालिकामा खेलकुद आयोजना गरी धेरै मानिसको जमघट हुने वातावरण नबन्ने समेत दाबी गर्नु भएको छ।अहिले सहिद मार्गमा बाटो निर्माण कार्यले तीव्रता पाएको बताउदै स्तर उन्नति र पिच गर्ने गरी काम भइ रहेको छ-उनलेे भने।