Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधान र व्यवस्थाविरुद्ध आवाज उठ्नु दुर्भाग्यपूर्ण : प्रमुख सचेतक लेखक


२३, मंसिर २०८०
  • 173
    SHARES
  • संविधान र व्यवस्थाविरुद्ध आवाज उठ्नु दुर्भाग्यपूर्ण  : प्रमुख सचेतक लेखक

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाविरुद्ध आवाज उठ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा कांग्रेस नेतृ रीता शाहीको गजल संग्रह ‘चिनारी’को लोकार्पण समारोमा नेता लेखकले असन्तुष्टिहरू संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान तथा व्यवस्थाको पूर्ण सुरक्षाका लागि कांग्रेस सचेत रहेको बताए । उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न कांग्रेस अघि बढ्नुपर्ने बताएका छन् । गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि नेता लेखकले बताएका छन् ।

    ‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ ? संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन’, नेता लेखकले भने, ‘हामी त्यसमै गइरहेका छौँ । कमी कमजोरीहरू छन् ।’ केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरूले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ’, उनले भनेका छन् ।

    ‘नेपाली कांग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ । किनभने जुन चिन्ता, चासो र असन्तुष्टि छ, बहुदलीय व्यवस्थाभित्रै एकदल र अर्का दलकाबीचमा सन्तुष्टि, असन्तुष्टिको अभिव्यक्ति हुनु, सरकार परिवर्तन हुनु, अर्को सरकार बन्नु यी लोकतन्त्रका सकारात्मक कुरा हुन्’, लेखकले भने ।

    ‘असन्तुष्टि संविधानकै विरुद्धमा, यो व्यवस्थाकै विरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ’, उनले भने ।असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाबिरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली कांग्रेस सबैभन्दा ज्यादा सचेत हुनुपर्छ’, लेखकले भने ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend