Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ : सभामुख घिमिरे


२५, मंसिर २०८०
  • 293
    SHARES
  • हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ : सभामुख घिमिरे

    काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताउनुभएको छ ।

    आज १७औँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मुलककै सर्वोच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

    उहाँले भन्नुभयो, “संसद सर्वोच्च विधायिकी संस्था हो, यो अहिले त्यो अवस्थामा छ कि छैन रु हामी सबै मिलेर मेहनतकासाथ सदनलाई सर्वोच्च संस्था बनाउनुपर्छ । सदनलाई गरिमायुक्त र नतिजामुखी तुल्याउने ढङ्गले काम गरौँ ।”

    संसदलाई प्रभावकारी तुल्याउन कर्मचारीमा इमान्दारीका साथ काम गर्ने प्रण हुनुपर्छ भन्दै सभामुख घिमिरेले कतिपय संस्थामा योग्य कर्मचारी भएपनि परिणाम दिन सकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

    उहाँले भन्नुभयो, “जनताका प्रतिनिधिसँग सिधै काम गर्ने, कानून तर्जूमाको जिम्मेवारीमा रहने भएकाले संसद् सेवाका कर्मचारी मर्यादित र अनुशासित ढङ्गबाट कार्यसम्पादन गर्नेतर्फ सजग र सचेत हुनुपर्छ ।”

    त्यस अवसरमा राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले संसद् र संसद् सचिवालयको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यपालिकाले शक्ति सन्तुलनको मर्म विपरीत सङ्घीय संसदलाई थोरै रकम विनियोजन गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्बको बजेटबाट ससदलाई जम्मा रु एक अर्ब २२ करोड मात्र रकम विनियोजन भएको छ । छिमेकी मुलुकमा एक सांसद बराबर छ जना विशेषज्ञसहितका सहयोगी कर्मचारी रहने गरेको पाइएकामा नेपालमा भने एक बराबर एक मात्रै छ । प्रदेश संसदको समेत सङ्घीय ससदले अभिभावकत्व लिनुपर्छ ।”

    प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका कर्मचारीमा उत्प्रेरणाको अवस्था कम्जोर मात्र होइन आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत कमी रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले गुणस्तरीय सेवा प्रदान गर्न नसक्दा राज्यको उद्देश्य प्राप्ति नभएको मात्र होइन,  कर्मचारीको मनोबल समेत कम्जोर भएको छ ।”

    संसद दिवस मूल समारोहका संयोजक एवं सचिवालयका सचिव डा रोजनाथ पाण्डेले आफनो बुद्धि र विकेकले भ्याएसम्म जिम्मेवारी पूरा गरिरहेका विशिष्टकृत  संसद सेवाका कर्मचारीको पीर मर्का हेरिदिने कस्ले भन्ने प्रश्न उब्जेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “संसद सेवाका कर्मचारी कुनै ‘बाद’का आधारमा नभई व्यवसायिकरुपमा रुपमा काम गरिरहनुभएको छ, उहाँहरुको सेवा सुविधा र उत्प्रेरणा दिने काममा अभिभावकले विशेष ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।”

    वरिष्ठ पत्रकार हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै लोकतन्त्रको मन्दिर मानिएको सङ्घीय संसदले उच्च मनोबलकासाथ गुणस्तरीय कानून निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

    संसद सचिवालयका सहसचिव बविता मिश्रले मुलुकको नीतिगत तथा कानूनी व्यवस्था गर्ने संसद सेवाप्रतिको चासो पछिल्लो समय निकै खस्केको विषय परीक्षामा सहभागिता, नतिजा र टिकाइ राख्न देखिएको चूनौतिले छर्लङ तुल्याएको बताउनुभयो । 

    देशमा निजामती सेवाबाट संसद सेवा अलग भएका दिन प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाइने गरिएको छ । दुई सदनात्मक सङ्घीय संसद सञ्चालन र व्यवस्थापनका लागि संसद सचिवालयले काम गर्दै आएको छ । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend