Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने


६, पुस २०८०
  • 148
    SHARES
  • कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने

    काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने भएको छ । कांग्रेस बागमती प्रदेशले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ७ गते शनिबार हुने प्रदेश सम्मेलनको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने जानकारी दिएको हो ।

    सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमति प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रिय सभापति लगाएतको सहभागीता हुने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । 

    पत्रकार सम्मेलनमा सभापति बानियाँले प्रादेशीक संरचना पहिचान र प्रतिष्पर्धा भएकाले प्रदेशबाटै नेतृत्व जन्मने बताउनुभयो । उहाँले मुलुकको संविधानपछि पार्टीको बिधानलाई परिमार्जन गर्न आयोजना गर्न लागि नीति सम्मेलनलाई आवश्यक सुझाव प्रदेशले दिने जिकिर गर्नुभयो । अहिले प्रदेशले काम गर्न नपाउदा प्रदेश नै आवश्यक नरहेको हो की भन्ने आवाज उठेको अवस्थामा परिवर्तित अवस्था अनुसार कानूनलाई परिमार्जन गर्नुपर्ने उहाँले बताउनुभयो । 

    त्यस्तै बानियाँले निर्वाचन प्रणालीका बारेमा पनि बहस हुन जरुरी रहेको बताउनुभयो । त्यस्तै उहाँले बिधानमा नै उमेर समूहको प्रतिनिधित्वको बारेमा स्पष्ट व्यवस्था राख्नुपर्ने धारणा राख्नुभयो । सम्मेलनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ ।  

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend