Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुने : प्रधानमन्त्री दाहाल


१०, पुस २०८०
  • 150
    SHARES
  • सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुने : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउनुभएको छ । एक सय ३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा रहेको उल्लेख गर्नुभएको छ । 

    अध्यक्ष दाहालले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन, माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ, साम्राज्यवादले नयाँनयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ, हामी माक्र्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपथ्र्यो त्यो गर्न सकिरहेका छैनौँ, आजको मुख्य चुनौती यही हो ।”

    माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढङ्गले सोच्नु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माक्र्सवादीले यान्त्रिकता वा अन्धानुकरणमा जानु उपयुक्त नहुने विचार व्यक्त गर्नुभयो । माओवादीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही नै रहेको उहाँको भनाइ छ । 

    प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिँदै त्यसका लागि आफ्नो नेतृत्वको वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएको छ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो । त्यसकै आधारमा अगाडि बढ्छौँ ।”

    पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समापनलगत्तै नयाँ अभियानको थालनी गरिने जनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “चार महिने अभियान पुस १६ गते समापन हुँदैछ, त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियाका लागि जनतामा नै जान्छौँ, त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं ।”

    आजभन्दा १३१ वर्ष अघि चीनमा माओको जन्म भएको थियो । माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष दाहालललगायत नेताले माओको तस्वीरमा माल्यापर्ण गर्नुभएको थियो । सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend