Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रचण्ड नेतृत्वको सरकार सकारात्मकतर्फ अघि बढेको छ, अब नतिजा देखिनेवाला छन् : नेता बिडारी


१०, पुस २०८०
  • 145
    SHARES
  • प्रचण्ड नेतृत्वको सरकार सकारात्मकतर्फ अघि बढेको छ, अब नतिजा देखिनेवाला छन् :  नेता बिडारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको एक वर्ष सफल रहेको दाबी गरेका छन् । यो एक वर्षमा प्रधानमन्त्री दाहालले भयंकर ठूला गल्ती केही पनि नगरेको उनको दाबी छ ।

    उनले भने,‘अब बाटो सकारात्मकतर्फ लागेको छ । यो गठबन्धनको सरकार हो । माओवादीले एकथोक भन्छन् । कांग्रेसले अर्को थोक भन्छ । कांग्रेसमा पनि दुई/तीन वटा कांग्रेस छ । एउटा कांग्रेसे एकथोक भन्छ, अर्को कांग्रेसले अर्कै भन्छ ।’

    आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको सरकारका सफलता तथा असफलताबारेको समिक्षात्मक साक्षात्कारमा बोल्दै बिडारीले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा दृढताकासाथ कदम चालेको र अब आउने दिनमा यसका सकारात्मक नजिता देखिने दाबी गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले अर्थतन्त्रका सूचकहरु पनि राम्रो देखिएको दाबी गरे । 

    यद्धपी उनले अहिलेको  निर्वाचन पद्धतीबारे छलफल गर्नको लागि र संविधान अध्ययन गर्ने एउटा समिति चाहिएको आवयश्कत्ता औंल्याए । उनले भने–‘संविधान कार्यान्वयन कहाँ–कहाँ भयो ? कहाँ–कहाँ भएन ? भनेर गम्भीरतापूर्वक छलफल गरेर अनुसन्धान गर्नुपर्छ भनेको छु । त्यो समितिबाट संवैधानिक आयोगबारे पनि छलफल गर्ने काम हुन्छ ।

    जे दैनिकी कार्य हुनुपर्ने हो, ती राम्रैसँग भएको छ । त्यो प्रगतितर्फ गएको छ । दुर्गतितर्फ गएको भए नारा लगाउनुपर्दथ्यो ।’ यद्धपी उनले यो एक वर्षमा चमत्कार हुने कुरा नभएको पनि टिप्पणी गरे । उनले भने,‘एक वर्षमा सबै चमत्कार हुन्छ भनेर अपेक्षा गर्नुहुँदैन् । अब आजैबाट प्रधानमन्त्रीज्यूको अर्को वर्ष सुरु हुन्छ । अर्को वर्षबाट काम अघि बढ्छ । स्वास्थ्य, शिक्षा, कृषि, श्रमिक, विद्युत, सरकारी निगमलाई तंग्रयाउने कुरामा सरकार सफल भएको छ । सरकारले मरणासन्न सबै निकायलाई व्युँझाएको छ । श्रमिकको जीवनस्तर उचाल्नको लागि काम गरेको छ।’

    प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा मुलुकमा सुशासनको अभियान सुरू भैसकेको उल्लेख गर्दै उनले अब छिट्टै भ्रष्टाचारलगायतका काण्ड निश्कर्षमा पुग्ने पनि विश्वास दिलाए । उनले भने,‘अहिले विभिन्न काण्ड अदालतमा पुगेको छ । यत्ति काम कसैले गरेको थियो त ? सयही रकारले नक्कली भुटानी शरणार्थी प्रकरण खोतलेको हो । सुनकाण्ड, ललिता निवास सबैमा फाइल खोलेको हो ।

    विकास निर्माण त अमेरिका, बेलायतलाई पनि पुगेको छैन् । नेपाल अहिले गरिब भएको हो र ? म कक्षा ९ मा पढ्दादेखि नै ऋण लागेको थियो । नेपालको हावापानी राम्रो छ । तर, यो देशका शासक र सत्ता बेठिक छ । अब के गर्ने त ? एक वर्षमा गरिबबाट ह्वात्त धनी हुन्छ र ? जादु हुन्छ त ? हुँदैन नि, समय लाग्छ ।’

    बिडारीले असली रुपमा नेपाल स्वतन्त्र भएको ०७२ मा संविधान जारी भएपछि रहेको सुनाए । उनले भने,‘यही ८ वर्षदेखि रहेछ । त्यो भन्दा अघि नेपालमा दलाल र एजेन्टहरुले शासन गरिरहेका थिए । यो ८ वर्षमा पनि अझै राम्रो हुनुपर्ने थियो । तर, जति उपलब्धि हाँसिल गर्यौं, त्यो अपर्याप्त भयो ।

    खासमा हाम्रो निर्वाचन प्रणालीमा समस्या छ । चुनावभन्दा अघि गठबन्धन गर्नु गलत हो ।’ बिडारीले संविधान संशोधनको कुरा उठाउनु जायज भएको भएपनि अब संविधान बदल्ने कुरा र प्रतिगामी व्यवस्थातिर जाने कुरा नगर्नको लागि अपिल गरेका छन् । उनले यो एक वर्षमा भएका केही गल्तीहरुको पनि चर्चा गरे । 

    आफूले रिगल ढकाललाई आममाफी दिन नहुने भनेर भनेको स्मरण गराउँदै उनले भने,‘मैले यो गम्भीर गल्ती हुन्छ भनेको थिएँ, तर अदालतले पछि करेक्सन गरेको छ । यस्तै, सांसदहरुलाई पाँच करोड दिने भनियो, त्यसमा पनि मेरो विरोध थियो । नेताहरुले सुनेनन् । पछि अदालतबाट रोकियो ।’

    बिडारीले सरकारको यो एक वर्षमा उधुम र उत्पाद केही हुनेवाला थिएन भन्नेमा सचेत नागरिकहरु रहेको सुनाए । तर, जे काम भएको छ त्यो सकारात्मकतर्फ गएको उनको दाबी छ । उनले भने,‘केही–केही अपवादबाहेक, जे काम भएका छन् ती सकारात्मकतर्फ अघि बढेका छन् ।’

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend