Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री प्रचण्डको एक वर्ष असफल भन्दिनँ, विदेश नीतिमा एकदमै सफल हुनुभयो : नेता प्रधान


१०, पुस २०८०
  • 142
    SHARES
  • प्रधानमन्त्री प्रचण्डको एक वर्ष असफल भन्दिनँ, विदेश नीतिमा एकदमै सफल हुनुभयो :  नेता प्रधान

    काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रुपमा देखिएको टिप्पणी गरेका छन् । उनले संसद्मा ३२ सिटसहित तेस्रो दल हुँदापनि सरकारको नेतृत्वमा पुग्नु र एक वर्ष टिक्नु नै प्रचण्डको लागि सफलता भएको दाबी गरे । 

    उनले भने,‘यो एक वर्षमा सरकारको समिक्षा भन्ने कुरा, प्रधानमन्त्रीले एक वर्षको प्रगति विवरण सुनाउने भयो, खासगरी सरकारको त पाँच वर्षको योजना हुन्छ । टार्गेट खडा गरिएको हुन्छ । बरु, त्यसको मध्यावधि समिक्षा हुन्छ त्यो पनि अढाई वर्षमा हुन्छ । अहिले एक वर्षको बारेमा बोल्दाखेरि सबभन्दा पहिलो कुरा प्रधानमन्त्री प्रचण्ड सफल हुनुमा अहिलेसम्म प्रधानमन्त्री रहिरहनु हो । ३२ सिट भएर पनि उहाँले एमाले र कांग्रेसकै केन्द्रविन्दुमा रहेर काम गर्नु नै सफलता हो । उहाँ कुशलत रणनीतिकार हो । गिरिजाबाबुपछि राजनीतिमा चतुर्याई र छलछाम गरेर काम गर्ने प्रचण्ड नै हो ।’

    उनले कांग्रेस पहिलो र एमाले दोस्रो दलको रुपमा रहँदापनि प्रचण्डले तेस्रो दलको रुपमा आफूलाई राजनीतिको केन्द्रविन्दुमा राख्न सक्नु सफलताको चित्रण गरे । उनले भने,‘अहिले प्रचण्डजी नेपालको राजनीतिको केन्द्रविन्दुमा हुनुहुन्छ । प्रचण्डको आशय र उद्देश्य राम्रो छ ।  १० वर्षको जनयुद्धपछि मुलुकलाई शान्तिको बाटोमा ल्याउनको लागि गिरिजाबाबुले पहल गर्नुभयो ।’ प्रधानले माओवादीलाई मूलधारको राजनीति र शान्ति प्रक्रियामा ल्याउनको लागि भारतको दिल्लीमा गिरिजाबाबुले बाबुराम र प्रचण्डसँग भेटेका कुरा पनि स्मरण गराएका थिए। 

    प्रचण्ड सरकारको एक वर्षको मुल्यांकन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डमा अहिलेको व्यवस्थाबारे चिन्ता देखेको सुनाए । उनले भने,‘प्रचण्डजीमा ठूलो चिन्ता छ । कतै यो व्यवस्था खतरामा पर्छ कि भनेर, एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्नुको कारण पनि त्यही हो । केपी ओलीले दुई दुई पटक संसद् विघटन गर्नुभयो । पछि उहाँले संसद् विघटनको बचाउ गर्नुभयो । अहिले कांग्रेस सरकारमा रहनुको प्रमुख कारण प्रचण्ड हो ।’

    नेता प्रधानले अहिले नेपाली राजनीतिमा महाभारतजस्तो देखिएको टिप्पणी । ‘कतै यो संविधान नै डिरेल होला कि भनेर प्रचण्डमा चिन्ता छ’–उनले भने,‘तर, केही गरौं भन्ने कुरा प्रचण्डमा छ । उहाँले राम्रो प्रयास गर्नुभएको छ । प्रयास कार्यान्वयन गर्ने कुरामा प्रचण्ड सफल देखिनुभएको छैन् । भुटानी शरणार्थी प्रकरणमा पार्टीका शीर्ष नेताहरु जेलमा राखेको अवस्था छ ।

    सुन काण्डमा प्रचण्ड सरकार सफल भएको छ । भुटानी शरणार्थी प्रकरणमा पनि प्रचण्डले प्रयास गरेकै हो । एनसेल काण्डपनि आएको छ । अहिले युवाहरु आक्रान्त छन् । नागरिकता लिन पनि दुःख छ । अब सुदृढ सरकार दिनुपर्छ । सुशासनको सरकार दिनुपर्छ । प्रचण्डको खास काम गर्ने सो छ । उहाँ एउटा रफ्तारमा हुनुहुन्छ । केही गरौं भन्ने हुटुहुटी छ । कांग्रेसले असहयोग गरेको पनि छैन् ।’

    उनले मन्त्रिमण्डल भनेको आलोपालोजस्तो रहेको सुनाए । उनले भने,‘आफ्नो दुहुनो सोझ्याउने कुरा रहेछ ।  प्रचण्ड र गिरिजाबाबु एकै सिक्काका दुई पाटा हुन । अब त्रिभुवन विश्वविद्यालयमा भिसी बनाउने कुरा पनि आयो । मैले त प्रधानमन्त्रीलाई नै कलेजको कार्यक्रममा बोलाएर अब पार्टीको झण्डा लिएर विश्विद्यालयमा बस्ने कुरा हटाउनुपर्छ भनेको थिएँ । पार्टीको झण्डा लिएर चलाउन दिनुहुन्न भनेको हुँ । अब त्यसमा उहाँले हुन्छ भन्नुभएको थियो । उहाँले आफ्नो नाम कमाएर जानसक्ने अवस्था रहन्छ, यदि बोलेअनुसार काम गर्नुपर्छ ।’

    उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई यो एक वर्षको कामको समिक्षा गर्दा असफल भन्न नसक्ने बताए । उनले भने,‘यो एक वर्षको काम हेर्दा म उहाँलाई असफल भन्दिनँ । काम सन्तोषजनक छ । संसारभरि नेपाललाई प्रचण्डले चिनाउनुभयो ।

    युएनका महासचिवलाई नेपाल ल्याउनुभयो । कोप–२८ मा जानुभयो र नेपालको मुद्दा जोडदार रुपमा उठाउनुभयो । अहिले वातावरणको विषयमा सरकार एकदमै सफल भयो । वैदेशिक नीति सन्तुलित छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुभएको छ ।’ 

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend