Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन् : प्रा.डा. केसी


१०, पुस २०८०
  • 139
    SHARES
  • विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुनुहुँदैन् : प्रा.डा. केसी

    काठमाडौँ । कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले मुलुकमा विद्यमान बेथिति र विकृतिबारे भण्डाफोर गरेका छन् । उनले जताततै बेथिति र राजनीतिमा पनि नातावाद र कृपावाद हाबी भएको टिप्पणी गरे । उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहोस भनेर आफू सुरुदेखि नै लागिपरेको बताए । 

    उनले भने,‘विश्वविद्यालयपनि चार वटा बनाऔं । १७ वटा बाट घटाऔं । दूतावास र नियोग पनि अहिले ४० वटा छन् । ती अत्यन्तै खर्चिलो छन् । ती पनि घटाएर २० मा ल्याऔं । संघीयता महँगो भयो भन्ने कुरा आएको छ । अहिले एक खर्ब ७१ अर्ब त तलबमात्रै जाँदो रहेछ।’

    केसीले विभिन्न काण्ड र ती काण्डमा दलहरुको कसरी आवद्धता छ भन्नेबारे पनि प्रकाश पारेका थिए। उनले भने,‘अहिले विभिन्न काण्ड आएका छन् । तीमध्ये रक्तचन्दन, सुनमा माओवादी हुँदो रहेछ । मानव बेचविखन, साधारण ठेक्का पट्टामा कांग्रेस हुँदो रहेछ । गोकर्ण र ओम्नीको नाम आउँदा एमाले हुँदो रहेछ । एनसेलको बास्तविक खेल अब सुरु हुन्छ । 

    यो देशमा गलत दिशाबाट काम हुँदो रहेछ भन्ने कुरा देखिँदैछ । अहिले एमसिसी कहाँ छ ? भित्रभित्र के हुन्छ ? तपाईँ÷हामीलाई थाहै छैन् ।’ केसीले नेपालमा लोकतन्त्र ल्याईएपनि यसको असल आचरण नगरिएको टिप्पणी गरे । उनले भने,‘लोकतन्त्रलाई हामीले ल्याऔं मात्रै, आचरण र अभ्यास गरेनौं । यही नै हाम्रो दुर्भाग्य हो ।’

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend