धरान । धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो कार्यकक्षबाट रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् ।
बिहीवार आफ्नो कार्यकक्षबाट रास्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर साम्पाङले ‘यलम्बर’को फोटो राखेका हुन् । आज बिहीबार कार्यकक्ष छिरे लगत्तै साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाउने पहिलो काम गरेका थिए ।
सचिवालय स्रोतका अनुसार साम्पाङले संघ सरकारले धरानको बिकाशमा चासो नदिएको भन्दै फोटो निकालेका हुन् । दुवै तस्बिर हटाएर उनले ‘यलम्बर’को तस्बिर टाँगेका छन् । केहिदिन अघि मात्र साम्पाङले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने घोषणा गरेका थिए ।