Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकार तत्काल परिवर्तन गर्नु पर्ने भयो : शेखर कोईराला


१२, पुस २०८०
  • 140
    SHARES
  • सरकार तत्काल परिवर्तन गर्नु पर्ने भयो : शेखर कोईराला

    पाँचथर– नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रचण्ड नेतृत्वको सरकार तत्काल परिवर्तन गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

    पाँचथर सदरमुकाम फिदिममा पत्रकारहरुसँग कुरा गर्दै कोईरालाले सरकार परिवर्तन गराउनका लागि प्रयास थालेको बताएका हुन् ।

    ‘प्रधानमन्त्रीले मन्त्रीहरुको रिर्पाट कार्ड माग्नु भएको छ । म प्रधानमन्त्रि जीको रिर्पाट कार्ड माग्छु’ कोईरालाले सुरुमै टिप्पणी गरेका थिए । धार्मिक, सास्कृतिक राजनीति रुपमा चारैतिर अराजकता फैलिएको उनको भनाई थियो ।

    प्रधानमन्त्रि आफैले काम गर्न नसकेको बताउन थालको कोईरालाको भनाई थियो । प्रधानमन्त्रिले द्वन्द्वहिनताको अन्त, भ्रष्ट्रचार विरुद्ध बोलेको आफूले नपाएको बताए ।

    ‘अहिले जनता आक्रोसित, निरास छन् । त्यहिभएर गणतन्त्र, संघियता र समावेशितलाई आक्रमण गरिरहेका छन् । यो आक्रमण गणतन्त्र, संघियता प्रति नभई सबैदलको नेतृत्व प्रतिको आक्रमण, निरासा, आक्रोस हो’ काईरालाले भने ‘यो सरकार परिवर्तन गर्नु पर्ने नै भएको छ । कांग्रेसको नेतृत्वमा सरकार आयोभने जनतालाई भरोस दिलाउन सकिन्छ ।’

    ससदिय दलमा बहुमत नभएकाले दलको नेता परिवर्तन गरेर आफू प्रधानमन्त्री हुने अवस्था नरहेको कोईरालाको भनाई थियो । एनसेल पनि अरु काण्डजस्तै सामसुम बनाउन खोजिएको आरोप लगाए ।

    ‘नयाँ नयाँ काण्ड आउछन् । अगाडी बढ्दै जादा सामसुम हुन्छ । माथिल्लो माथिल्लो ब्याक्तिमा आएपछि लुक्छ । एनसेलको अवस्था पनि यहि छ’ उनले भने ‘नेता, कर्मचार र व्यापारी नमिली ठुला ठुला भष्ट्रचार हुन सक्दैन । मुल सफा हुँदा सबैथोक ठिक हुने मुलनै सफा छैन् ।’

    बैँकहरु अर्का मिटर ब्याजी बैँकहरु पनि मिटर ब्याजिनै भएको आभाष हुन् थालेको कोईरालाले बताए ।

    ‘मिटर ब्याजीका विरुद्ध त कानुन बनायौँ, बैककालागि पनि बनाउने दिन आएको छ’ उनले भने ‘बैँकमा पैसा छ, मान्छेले लोन लिन डराईरहेका छन् ।’

    ‘नेपालमा दुर्भाग्य के भएको छ भने बैँकर, उद्योग व्यवसायी एउटै छन् । एउटै व्याक्ति बैँक चलाउछ, उद्योग चलाउछ, इन्सोरेन्स चलाउछ । नेपालमात्र एउटा देश होला यस्तो भएको । यो सबै कुरालाई परिवर्तन नगर्ने हो भने थप ठुलो समस्या आउछ’ उनले भने ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend