Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै


१४, पुस २०८०
  • 137
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकिँदै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे शुरु हुँदैछ । आजको बैठकमा पदाधिकारीले बोल्ने कार्यसूची रहेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनका अनुसार विहिबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखेका छन् ।

    बैठकमा ६ मन्त्रीले आफ्ना कामको विवरण पेश गरेका छन्। प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वकर्माले बताए।

    राष्ट्रियसभा निर्वाचनका लागि योगदान र मूल्यांकनका अधारमा उम्मेदवार छनोट गर्नुपर्ने भन्ने सैद्धान्ति निर्णय बैठकले गर्नसक्ने उनले जानकारी दिए। त्यसैगरी महासमिति बैठकको तयारी, पुस १६ गते मनाउने राष्ट्रिय मेलमिलाप दिवस लगायतका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।

     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend