काठमाडौँ । बालकुमारी घटनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
शुक्रबार भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
शनिबार दुई बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
ज्यान गुमाएका दुई जना युवकको परिवारलाई राहत दिने सरकारकाे तयारी छ ।
यसअघि आजै बिहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बनाएर बालकुमारी घटनाबारे जानकारी लिएका थिए।