Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शान्ति र त्यागी राजा वीरेन्द्रलाई स्मरण गर्दै शालिकमा माल्यार्पण 


१४, पुस २०८०
  • 238
    SHARES
  • शान्ति र त्यागी राजा वीरेन्द्रलाई स्मरण गर्दै शालिकमा माल्यार्पण 

    काठमाडौं। राजा वीरेन्द्रको आवश्यकता र अपिहार्यता झनै खड्किदै गएको सरोकारवालाहरुले बताएका छन् । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले आयोजना गरेको राजा बीरेन्द्रको ७९औं जन्मजयन्तिको अवसरमा ललितपुरको जावलाखेल स्थित शालिकमा माल्र्यापणसहित दिप प्रज्वलन कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । 

    प्रमुख अतिथि वरिष्ठ सञ्चार उद्यमी उज्जलजंङ्ग पराक्रम शाहले विश्व शान्तिका दुत एवं विकास र जनताप्रेमी राजा वीरेन्द्रको आवश्यकता र अपिहार्यता आज झनै खड्किदै गएको बताउनु भएको छ । 

    उहाँले राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीको हृदयमा उत्तिकै सम्मानित र स्मरणीय रहको बताउँदै राष्ट्रप्रेमी राजा वीरेन्द्रको वंश नास गर्ने हत्यारालाई पत्ता लगाई कारवाही पर्नेमा जोडदिनुभयो । देश भ्रष्टाचारले जर्जर हुँदै गएको हुँदा राजा वीरेन्द्रले गरेको विकास, विश्व शान्तिको लागि गरेको त्यागको अनुशरण गर्नुपर्ने उहाँले बताउनु भयो । 

    आज जनताले धैरे सास्ती व्यहोर्नु परेको छ । जनतालाई काढा घोच्नु भनेको मलाई घोच्नु हो भन्ने, जनतालाई परेको समस्या आफ्नै हो भनि बुझ्ने राजा वीरेन्द्र भएको हुँदा आज उहाँका अपिहार्यत र आवश्यकता झनै खड्किएका छ उहाँले भन्नुभयो, ‘प्रत्येक नेपालीको आस्थाका केन्द्र, शान्तिका दुत राजा वीरेन्द्रलाई स्मरण गर्दै गर्दा उहाँको हत्यारलाई पत्ता नलाग्नु दुःखद् कुरो हो ।’

    स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिबहरी खनालले विश्वशान्ति क्षेत्र घोषणाको लागि त्याग गर्ने नेता राजा वीरेन्द्रले नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्व शान्तिको लागि गरेका योगदान, समृद्ध नेपाल निर्माणको लागि गरेको त्यागलाई हामी कहिल्यै भुल्न नसकिने बताउनुभयो । 

    प्रतिष्ठानका सचिव रञ्जित धमलाले राजा वीरेन्द्रको देश र जनताप्रति गरेको त्यागको उच्च मुल्यांकन गर्दै उहाँको शान्ति र विकासको लागि गरेका कामको अनुशरण गर्नुपर्ने बताउनुभयो । उहाँले राजा बीरेन्द्र र राजसंस्थालाई गलत देख्ने राजनीतिक दल÷नेता तथा व्यक्तिहरु भ्रष्ट छन् भन्ने कुरा प्रष्ट र  प्रमाणित भइसकेको बताउनुभयो । उहाँले नेताहरु जनताको लागि होइन आफ्नै परिवार र दलगत स्वार्थमा लिप्त भएको टिप्पणी गर्नुभयो । 

    स्थानीय तहदेखि प्रदेश र संघ सरकारसम्म सेटिङ्ग गरेर देशमा ब्रह्मलुट गरेका आरोग लगाउनुभयो । उहाँले विरेन्द्रको हत्यारालाई  छिटो भन्दा छिटो पत्तालगाई सत्य तथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन कारवाही गर्न माग गर्नुभयो । उहाँले राजा वीरेन्द्रको जीवनी पठ्यक्रममा राख्नु पर्नेमा उहाँको जोड छ ।
    कार्यक्रममा अभियान्ता काजीलाल श्रेष्ठ, शिवसेना नेपालका अध्यष कुमार बस्नेतलगायत विभिन्न संघ÷संस्थाका अभियन्ताहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । वि.स.२०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्यहरु एकै ठाउँमा हत्या भएको थियो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend