काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आलोचना गर्नुभएको छ। आफ्नो पार्टी सरकारमा छ भन्दैमा आफूले विरोध नगर्ने भन्ने नहुने उहाँको भनाइ छ ।
‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने ?’ उहाँले प्रश्न गर्दै ट्विटरमा लेख्नुभएको छ, ‘गलतको विरोध मैले निजी रूपमा पनि गर्न नपाउने ? त्यसो भए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर, त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईँले बनाएको सरकारको तपाईँले पनि कसरी विरोध गर्न सक्नुहुन्छ ?’
उहाँले पार्टी सरकारमा छ भन्दैमा आफूले रातलाई दिन, दिनलाई रात भन्न नसक्ने उहाँको तर्क छ । ‘गलतको विरोध मैले गर्न नपाउने ? त्यही चाहना गठबन्धनको, त्यही अपेक्षा जनताको पनि हरेक दिन ’सरकार’बाट देशभरिमा दशौं हजार निर्णय हुन्छन्, लाखौँ गतिविधि हुन्छन्, के त्यो सबै मेरै चाहना अनुरूप भइरहेको छ कि मैले विरोध गर्न नपाउनु ?’उहाँको तर्क छ ।