Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघीयता कार्यान्वयन सम्बन्धी कानूनहरु पारित गर्न सरकारसँग कांग्रेसको माग


१५, पुस २०८०
  • 257
    SHARES
  • संघीयता कार्यान्वयन सम्बन्धी कानूनहरु पारित गर्न सरकारसँग कांग्रेसको माग

    काठमाडौँ । नेपाली कांग्रेसले संघीयता कार्यान्वयन सम्बन्धी कानूनहरु अविलम्व पारित गराउन सरकारसंग माग गरेको छ ।

    केन्द्रीय कार्यसमितिको पौष १२ देखि १४ गतेसम्म बसेको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले संविधानसम्मत् संघीय निजामति ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐन जस्ता पारित हुने प्रक्रियामा रहेका कानुनहरु अविलम्व पारित गराउन सरकारसंग माग गरेको हो । 

    बैठकले जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानले निर्दिष्ट गरेका धेरै सवालहरूमा आवश्यक कानून निर्माण हुन नसकेकोले प्रणालीप्रति नै प्रश्न उठाउने प्रयास गरेको ठहर गरेको छ ।

    शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्‍याई द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्व गर्न नहुने निष्कर्ष निकाल्दै कांग्रेसले यस प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि अपील गरेको छ ।

    त्यस्तै बैठकले बालकुमारी घटनामा उच्चस्तरिय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कार्वाही गर्न समेत माग गरेको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । 

    त्यस्तै बैठकले राष्ट्रियसभा निर्वाचनमा गठनबन्धनमा आवद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेद्वार बनाउने निर्णय गरेको छ भने भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेकालाई राष्ट्रियसभा निर्वाचनमा प्राथमिकता दिने निर्णय भएको उहाले बताउनुभयो ।

    बैठकले कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिको काम कार्वाहीलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न केन्द्रीय कार्यसमितिले केन्द्रीय संयन्त्र गठन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिनुभयो ।

    त्यस्तै बैठकले ‘समुदायमा कांग्रेस’ अभियान विविध कारणले समयमै सम्पन्न हुन नसकेकोले २०८० माघ ७ देखि २२ गतेसम्म केन्द्रीय प्रतिनिधि खटाई सम्पन्न गर्ने निर्णय गरेको छ ।

    त्यस्तै नेविसंघ, तरुण दल, महिला संघ लगाएत ६ वटा भ्रातृ संघका तदर्थ समितिको विधान बमोजिम अवधि समाप्त भएकोले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी कार्यावधि थप गर्ने निर्णय बैठकले गरेको छ ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend