Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राजतन्त्र फाल्तु गफ भएकाले फर्किने कुनै सम्भावना छैन : अध्यक्ष ओली


१६, पुस २०८०
  • 142
    SHARES
  • राजतन्त्र फाल्तु गफ भएकाले फर्किने कुनै सम्भावना छैन : अध्यक्ष ओली

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र भनेको फाल्तु गफ भएको भन्दै अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

    नेपाली कांग्रेसले आज (सोमबार) काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

    उनले भने,‘एकथरी मान्छेहरु छन्, राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्छन् । भारतमा लगभग ५६५ राजा रजौटाहरु थिए । ती राजाहरु हुन्थे होला नि त ? सिक्किममा राजासहितको स्वतन्त्र देश थियो, राजा त थिए नि । बच्यो त देश ? देश बचाउने जनताले हो । राजतन्त्रको बहस अब नेपालमा आवश्यक छैन् । दरबार हत्याकाण्डकै बेलामा त्यतिबेलै सिद्दियो । 

    हामीले अलिकति पर्याप्त र उपयुक्त कदम नचालेको कारण अलिक दिन डमी राजततन्त्र चल्यो अनि त्यसले तमाशा देखायो । राजतन्त्रले नेपाली जनतालाई अढाई सय वर्षसम्म चुसेर नेपाली जनतालाई गरिब बनाउने काम गरेको हो ।

    कस्तो राजा ल्याउन खोजेको ? यी दललाई जेलमा हालेर एकदम तानाशाह राजा बनाउन खोजेको हो ? सेरोमेनोयिल हो भने त राष्ट्रपति रामचन्द्र पौडेल हुनुहुन्छ । राजतन्त्र भन्ने फाल्तु गफ हो । चिहानबाट निकालेर नली खुटाको हड्डी फुकेर कहाँ पुगिन्छ ?’

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend